गोप्य सरकारी कागजातहरू ‘लिक’ गरेको आशंकामा २१ वर्षीय ज्याक तेइसेरालाई एफबीआईले पक्राउ गरेको छ।
अमेरिकी रक्षा विभागका अति गोप्य सरकारी दस्ताबेजहरू ‘लिक’ गराएको आशंकामा एक जना व्यक्ति पक्राउ परेका छन्।
युक्रेन–रुस युद्ध र अन्य राष्ट्रिय सुरक्षा विषयसम्बन्धी अति गोप्य सरकारी कागजातहरू ‘लिक’ गरेको आशंकामा २१ वर्षीय ज्याक तेइसेरालाई एफबीआईले मासाचुसेट्सको डिग्टोनस्थित उनकै घरबाट बिहीबार पक्राउ गरेको हो। उनी अमेरिकी हवाई क्षेत्रका कर्मचारीसमेत हुन्। उनलाई शुक्रबार मासाचुसेट्सको बोस्टनस्थित अदालतमा उपस्थित गराइँदै छ।
गोप्य दस्ताबेजहरू पहिलो पटक सार्वजनिक भएको अनलाइन च्याट ग्रुपको नेतृत्व गर्ने व्यक्तिका रूपमा उनको पहिचान भएपछि एफबीआईले उनलाई पक्राउ गरेको हो। अति गोप्य सूचना अवैध रूपमा प्रसारण गरेको र हटाएको आरोप उनीमाथि छ।
हालै सार्वजनिक कागजातहरूले युक्रेन–रुस युद्धको अमेरिकी मूल्यांकन र मित्र राष्ट्रहरूसँगका संवेदनशील गोपनीयताबारे खुलासा गरिदिएको छ। जसले वासिंटनलाई लज्जाबोध गराएको छ भने अति गोप्य कागजातहरूको सुरक्षाबारे गम्भीर प्रश्न पनि खडा गरिदिएको बीबीसीले जनाएको छ।
तेइसियरा मासाचुसेट्सको नेशनल गार्डको गुप्तचर विभागमा आईटी विशेषज्ञका रूपमा कार्यरत कर्मचारी हुन्। अमेरिकी हवाई वलको नेशनल गार्ड सैन्य आरक्षित बल हो। उनीहरूले सेनामा पूर्णकालीन काम गर्दैनन्। तर आवश्यक पर्दा उनीहरूलाई तैनाथ गरिन्छन्। तेइसियरा त्यस कार्यालयमा साइबर ट्रान्सपोर्ट सिस्टम जर्नीम्यान पदमा कार्यरत थिए।
उनको पक्राउपछि पेन्टागनले गोप्य सूचनाहरू कसरी सार्वजनिक भए भन्नेमा पुनः समीक्षा गर्ने बताएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
