जितका लागि २२९ रनको विशाल लक्ष्य पछ्याएको कोलकत्ताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०५ रन बनायो।
काठमाडाैँ– कप्तान नितिश राणा र रिंकु सिंहको उत्कृष्ट ब्याटिङका बाबजुद कोलकत्ता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबादसँग पराजित भएको छ।
शुक्रबार राति इडन गार्डेन कोलकत्तामा भएको खेलमा घरेलु टोली २३ रनले पराजित भएको हो। जितका लागि २२९ रनको विशाल लक्ष्य पछ्याएको कोलकत्ताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०५ रन बनायो।
कोलकाताका कप्तान नितिश राणाले ४१ बलमा ५ चौका र ६ छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिए पनि जितका लागि पर्याप्त भएन।
रिंकु सिंह ५८ रनमा अविजित रहे। उनले ३१ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। ओपनर नारायण जगदीशन २१ बलमा ३६ रन जोड्दै आउट भए।
हैदराबादका मार्को जनसन र मयंक मारकान्डेले समान २/२ विकेट लिए। भुवनेश्वर कुमार, टि नटराजन र उमरान मलिकका नाममा १/१ विकेट रह्यो।
त्यसअघि टर हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२८ रनको विशाल योगफल तयार पारेको थियो।
हैदराबादका ओपनर ह्यारी ब्रुकले अविजित शतकीय ईनिङ्स खेले। उनले ५५ बलमा १२ चौका र ३ छक्का प्रहार गरे।
कप्तान एडेन माक्ररमले २६ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ५० रन बनाए। अभिषेक शर्माले १७ बलमा ३२ रनको योगदान दिए।
कोलकत्ताका आन्द्रे रसेलले ३ तथा वरुण चक्रवर्तीले १ विकेट लिए ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
