तुलसीपुर उपमहानगरभित्र पर्ने ग्रामीण भेगका बस्ती अझै विकासको दृष्टिले पछि परेका छन्। त्यहाँका स्थानीयले पालिकाको सेवासमेत सहज रूपमा पाउन सकेका छैनन्।
तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१ का विकट बस्तीमा अझै पनि सडक सञ्जाल पुग्न सकेको छैन।
वडा नं १ को बयाले, चुरेघाँटी, बाखखोर, रानी टाकुरा, अभिधारा, गहिरा सिउरेलगायत गाउँ सडक सुविधा पुगेको छैन। सडक निर्माण भए पनि सवारी चल्न सक्ने अवस्था नरहेको स्थानीय चक्रपानी उपाध्यायले बताए।
“उपमहानगरपालिका भन्छौँ, तर राम्रो सडक छैन, धेरै ठाउँ विद्युत् पुगेको छैन,” उनले भने, “हामीले उपमहानगरको अनुभूति नै गर्न पाएको अवस्था छैन।” वडा नं १ मा मात्रै सातवटा त्यस्ता बस्ती रहेको उनले बताए।
त्यहाँ तत्काल विद्युत्, खानेपानी, सडक पुर्याउनुपर्ने अपरिहार्यता रहेको तुलसीपुर–१ का अध्यक्ष हुमकान्त सापकोटाको भनाइ छ। ती गाउँमा २०० घरपरिवार रहेका छन्। उपमहानगरभित्रका यस्ता बस्तीलाई लक्षित गरी विकासको मोडेल तयार उपमहानगरकाे याेजना छ। “अझै पनि दूर दराजका गाउँका उपमहानगरवासीले विकासको अनुभूति गर्न पाएको अवस्था छैन,” उपप्रमुख स्यानी चौधरीले भनिन्, “ती बस्तीमा लक्षित गरी विकास पुर्याउन हामी पहल गर्छौँ।”
सडक, खानेपानी, शिक्षा, स्वास्थ्यजस्ता कुरालाई बढी प्राथमिकता दिने उनको भनाइ छ। सडक सञ्जाल नहुँदा बजार आवतजावत गर्न कठिन रहेको गरेको तुलसीपुर–१ बयालेका चक्रपानी उपाध्यायले बताए। “बजार आउने–जाने काम परिरहन्छ,” उनले भने, “सडक सञ्जाल गतिलो नहुँदा हिँडेरै बजार जानुपर्छ।”
ती गाउँमा सडकको ट्र्याक खोलिएको भए पनि गाडी जान सक्दैनन्। मर्मत तथा स्तरोन्नति हुनसकेको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
