आज मुद्दा दर्ता भए भोलि नै बहस हुनसक्ने सर्वोच्च स्रोतले जानकारी दियो। तोसिमाको तर्फबाट वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले बहस गर्नेछन्।
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट दिने तयारी गरेकी छन्।
ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेकी कार्कीले उम्मेदवारी खारेज गरेर निर्वाचन आयोगले आफूमाथि अन्याय गरेको भन्दै सर्वोच्चमा मुद्दा दर्ता गर्ने भएकी हुन्। मुद्दा दर्ताका लागि कार्की अहिले सर्वोच्च अदालत पुगेकी छन्।
सर्वोच्चको निर्णयलाई सम्मान गर्ने कार्कीको भनाइ छ। “मेडिकल काउन्सिलको पद लाभको पद होइन। तर, आयोगले यसैलाई आधार मानेर मेरो उम्मेदवारी खारेज गर्यो। त्यसैले सर्वोच्च आएकी हुँ। आयोगले निर्णय फिर्ता वा खारेज गर्नुपर्छ,” उनले भनिन्।
आज मुद्दा दर्ता भए भोलि नै बहस हुनसक्ने सर्वोच्च स्रोतले जानकारी दियो। तोसिमाको तर्फबाट वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले बहस गर्नेछन्। मधुकुमार चौलागाइँ, चन्द्रकान्त ज्ञवाली, सुरेन्द्र भण्डारीलगायतले मुद्दा लड्ने तयारी गरेका छन्। आफूहरू मुद्दा लड्ने तयारीका लागि छलफल गरिरहेको अधिवक्ता चन्द्रकान्त ज्ञवालीले बताए।
कार्कीको समर्थनमा बिहान ११ बजे माइतीघर मण्डलमा र्यालीसमेत भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
