आर्थिक–सामाजिक रूपान्तरण: समाजवादका आधार निर्माण र राष्ट्रिय हित र स्वाभिमानको संवद्धनलाई पनि एकीकृत समाजवादीले घोषणापत्रमा समेटेको छ।
काठमाडौँ– सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी पार्टीले आसन्न मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो, भड्किलो र जटिलसमेत रहेको भन्दै एकीकृत समाजवादीले निर्वाचन प्रणालीमा सुधार गरेर सरल र कम खर्चिलो बनाउनुपर्ने भनेको छ।
“यसै पटक पनि हाम्रो पार्टीले कमभन्दा कम खर्चिलो चुनाव प्रचार अभियान सञ्चालन गर्ने छ र हाम्रा उम्मेदवारहरूले पनि कम खर्चिलो चुनाव प्रचार अभियान सञ्चालन गर्ने छन्,” घोषणापत्रमा भनिएको छ।
एकीकृत समाजवादीले सुशासन र पारदर्शिता लोकतन्त्रका अपरिहार्य पक्ष रहेको भन्दै जनताले सुशासन र पारदर्शिता महसुस गर्न पाएको अवस्था अहिले नरहेको प्रष्ट पारेको छ।
“भ्रष्टाचार, कमिसनतन्त्र, अपारदर्शिता र ढिलासुस्ती क्यान्सर रोगजस्तै गरि फैलिरहेको छ। संघीयताको मर्मअनुरूप जनताको घरदैलोमै प्रभावकारी सेवा प्रदान गर्न पनि सकिएको छैन,” घोषणापत्रमा भनिएको छ, “हामी यस स्थितिमा परिवर्तन गर्नैपर्ने पक्षमा छौँ। भ्रष्टाचारमा शून्य सहनशीलतासहितको सुशासन, पूर्ण पारदर्शिता र संघीयताको मर्मअनुरूप जनताको घरदैलोमै प्रभावकारी सेवाप्रदान नै हाम्रा दृढप्रतिज्ञा हुन्।”
समाजवादीले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा पनि जोड दिएको छ। एकीकृत समाजवादीले नेपालको पछौटेपन, आयात आधारित राजस्वको मूल स्रोत, डरलाग्दो रूपमा बढ्दै गइरहेको व्यापार घाटा, चर्को बेरोजगारी, कृषिबाट सक्रिय जनशक्तिको पलायन, युवाहरूको विदेश पलायन, ऋणको मात्रामा निरन्तर वृद्धि, बजेटको पुँजीगत खर्च नहुने समस्या, महँगीको अचाक्ली वृद्धि, कालोबजारी, उत्पादनका स्रोत–साधनहरूमा दलाल पूँजीपतिहरूको नियन्त्रण, मिटर ब्याजीको शोषण, वित्तीय क्षेत्रमा मौलाएका विकृतिहरू, अभाव र गरिबी नेपाली अर्थतन्त्रका आधारभूत समस्या मानेको छ।
“हामीले जबसम्म हाम्रो आफ्नै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सक्तैनौँ तबसम्म अर्थतन्त्रका उपर्युक्त समस्याबाट मुक्त हुन सकिदैन र हाम्रो परनिर्भरता कायमै रहन्छ,” घोषणापत्रमा भनिएको छ, “कृषि, उद्योग, ऊर्जालगायत क्षेत्रमा उत्पादन वृद्धि र पर्यटन, व्यवस्थापन एवं सूचना प्रविधिजस्ता सेवा क्षेत्रहरूको विकास र विस्तार गरेर परनिर्भरता कम गर्दै जानु र आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्नु आजको हाम्रो मुख्य आर्थिक कार्यभार हो। यो कार्यभार वहन गर्नका निम्ति हामी दृढतापूर्व अगाडि बढ्न चाहन्छौँ। यसमा हामीलाई जनताको साथ चाहिएको छ।”
आर्थिक–सामाजिक रूपान्तरण: समाजवादका आधार निर्माण र राष्ट्रिय हित र स्वाभिमानको संवद्धनलाई पनि एकीकृत समाजवादीले घोषणापत्रमा समेटेको छ।
एकीकृत समाजवादीका प्रतिबद्धता
१. प्राप्त उपलब्धिको रक्षा र विस्तार,
२. लोकतन्त्रको सुदृढीकरण र विकास,
३. निर्वाचन प्रणालीमा सुधार,
४. सुशासन र पारदर्शिता,
५. आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड,
६. आर्थिक–सामाजिक रूपान्तरण: समाजवादका आधार निर्माण,
७. राष्ट्रिय हित र स्वाभिमानको संवद्र्धन र
८. योजना प्रणालीमा आमूल परिवर्तन
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
