माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारका कमीकमजोरीबारे प्रधानमन्त्रीलाई भेटेर सल्लाह, सुझाव दिन कांग्रेस महामन्त्री गगन थापालाई आग्रह गरेका छन्।
काठमाडौँ– सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का सांसदहरूले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई उत्तेजित नहुन सचेत गराएका छन्। कांग्रेस महामन्त्री थापाले सरकारको नजिक बसेर सहयोग गर्नेभन्दा पनि आलोचना बढी गरेको भन्दै माओवादी सांसदहरूले असन्तुष्टि जनाएका हुन्।
कांग्रेस महामन्त्री थापाले पछिल्लो समय सरकारको कामले जनता निराश बनेको र सरकारले कामको रफ्तार बढाउनुपर्ने अभिव्यक्ति दिएका थिए। शनिबार राजधानीमा आयोजित कार्यक्रममा महामन्त्री थापाले सुझबुझपूर्ण ढंगले काम नगरे मुलुक संकटमा फस्दै जाने भन्दै सरकारलाई सचेत गराएका थिए। साथै, उनले अहिलेको अवस्थामा प्रधानमन्त्रीदेखि स्थानीय जनप्रतिनिधिसम्मले महाविपत्तिको बेलामा जसरी काम गर्नुपर्ने अभिव्यक्ति दिएका थिए।
आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै माओवादी केन्द्रका सचिव तथा सांसद देवेन्द्र पौडेलले सार्वजनिक मञ्चहरूबाट गरिरहेको आलोचनाले सरकार सफल नहुने बताए। उनले सरकारलाई सफल बनाउने दायित्व नेपाली कांग्रेसका महामन्त्री थापाको पनि भएको भन्दै सरकारलाई सहयोग गर्न आग्रह गरे।
“गगन थापा हाम्रो गठबन्धनको मूल पार्टीको प्रमुख व्यक्ति हुनुहुन्छ। सरकारलाई सफल बनाउने दायित्व उहाँको पनि हो। आलोचना गरेर मात्रै सफल हुन्न। सहयोग गरेर सफल हुन्छ,” उनले भने। पौडेलले सरकारका कमीकमजोरीका बारेमा सल्लाह, सुझाव दिनुपरे प्रधानमन्त्रीलाई भेटेर दिन महामन्त्री थापालाई आग्रह गरे।
माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले पनि कांग्रेस महामन्त्री थापाले सरकारको आलोचना गर्नु राम्रो नभएको बताए। उत्तेजनामा नआई, सोचविचार गरेर बोल्न महामन्त्री थापालाई उनको आग्रह छ।
“उनले बोल्ने कुरा अलिकति ध्यान दिएर, धेरै कुरा सोच विचार गरेर बोल्नुपर्यो। उत्तेजनामा आएर जे मन लाग्यो त्यही बोलिहाल्ने भन्दा पनि सोच विचार गरेर बोल्नुपर्छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
