जितसँगै संकटाले ९ खेलमा ४ जित, ३ बराबरी र २ हारको नतिजा निकालेको छ। समान खेल खेलेको एपीएफले ११ अंक जोडेको छ।
काठमाडौँ– संकटा क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि होडमा फर्किएको छ। च्यासल मैदानमा सम्पन्न दिनको पहिलो खेलमा ९ खेलाडीमा समेटिएको संकटाले विभागीय टोली एपीएफलाई १–० गोल अन्तरले पराजित गर्दै चौथो जित हासिल गरेको हो।
तेस्रो स्थानमा रहेको संकटाको १५ अंक छ। शीर्ष स्थानमा रहेको जावलाखेल युथ क्लबको समान खेलबाट १७ अंक रहेको छ। एक खेल कम खेलेको सातदोबाटोको भने १६ अंक रहेको छ। सातदोबाटोले आइतबार नै अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग खेलिरहेको छ। यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको छ।
संकटाको जितमा जुनियर ओंगुएने एन्केन्गुको गोल निर्णायक रह्यो। दुई क्लबका खेलाडीको जर्सीको रंग जुध्दा खेल करिब २० मिनेट ढिला गरी शुरू भएको थियो। अखिल नेपाल फुटबल संघ (एन्फा)ले सार्वजनिक गरेको तालिकाअनुसार खेल दिउँसो ३ बजेबाट शुरू हुनुपर्ने थियो। तर, एपीएफका खेलाडीले प्रयोग गरेको निलो रंगको जर्सी र संकटाका गोलरक्षक टिकेन्द्रसिंह थापाले लगाएको जर्सीको रंग जुधेपछि खेल डिले हुन पुग्यो।
पछि टिकेन्द्र संकटाको अफिसियलले प्रयोग गर्ने पोलोको सेतो टीसर्ट लगाएर मैदान उत्रिएका थिए। त्यसपछि रेफ्री नवीन्द्र महर्जनले खेल शुरू गरे। खेलको २९औँ मिनेटमा संकटाले जुनियरको गोलमार्फत अग्रता लियो।
एपीएफका डिफेन्डर एडमा डोम्बियाले आयुष घलानलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि संकटाले पेनाल्टीको अवसर पाएको थियो। जसलाई जुनियरले खेल जान दिएनन्। दोस्रो हाफमा संकटाका मनिष डाँगी र डिफेन्स आन्द्रे बियिकले दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए। यता, एपीएफका दीपेश धिमालले भने डाइरेक्ट रातो कार्ड पाए।
जितसँगै संकटाले ९ खेलमा ४ जित, ३ बराबरी र २ हारको नतिजा निकालेको छ। समान खेल खेलेको एपीएफले ११ अंक जोडेको छ। एपीएफले ३ खेलमा जित र २ बराबरी खेलेको छ। ४ खेलमा भने एपीएफले हार बेहोरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
