लिग अनिश्चित भएको भन्दै शहीद स्मारक ‘बी’ डिभिजनका क्लबले सांकेतिक विरोध गरेका छन्।
काठमाडौँ– लिग अनिश्चित भएको भन्दै शहीद स्मारक ‘बी’ डिभिजनका क्लबले सांकेतिक विरोध गरेका छन्। च्यासल मैदानमा आइतबार ‘ए’ डिभिजन लिगअन्तर्गत संकट क्लब र विभागीय टोली एपीएफबीचको खेल भइरहँदा ‘बी’ डिभिजनका क्लबका प्रतिनिधिहरूले संकेतिक विरोध गरेका हुन्।
विभिन्न पम्प्लेट लिएर उपस्थित भएका ‘बी’ डिभिजन क्लबका पदाधिकारीले क्रिकेटको ब्याटमा ‘बि’ डिभिजन लिग? लेखेर प्रदर्शन गरेका थिए। विरोध प्रदर्शनमा उत्रिएका सरस्वती युथ क्लबका अध्यक्ष शिक्षित पराजुलीले अखिल नेपाल फुटबल संघ (एन्फा)ले ‘बी’ डिभिजन लिगलाई तल्लो दर्जाको दृष्टिले हेरेको आरोप लगाए।
"यो विरोधभन्दा पनि सांकेतिक सुझाव हो। एन्फाले यसलाई गहन रूपमा लिन्छ भन्ने आशा छ। हामीलाई एन्फाले ‘ए’ डिभिजनभन्दा तल्लो दर्जामा राखेर हेरिरहेको छ। चाँडोभन्दा चाँडो लिगको मिति तय गरेर खेलाडीलाई खेल्न वातावरण मिलाउनु पर्छ," उनले भने।
लिग चाँडो नभए क्लबहरू धराशायी हुने र खेलाडीहरू अमेरिका र अस्ट्रेलिया जान बाध्य हुने उनले बताए। यस्तो अवस्था आए त्यसको जिम्मेवारी एन्फाको हुने उनको तर्क थियो। "त्यसैले समयमै यसको व्यवस्थापन गरेर समयमै समाधान गर्नुपर्छ," उनले भने।
शुरूमा चैत १५ मा हुने तय भएको लिग एन्फाले चैत २९ मा सारेको थियो। आर्थिक विषयलाई उल्लेख गर्दै एन्फाले लिग गराउन नसक्ने अनौपचारिक रूपमा भनेपछि क्लबहरूले विरोध गरेका हुन्। क्लबहरूले क्षतिपूर्तिको माग पनि गरिहरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
