विराटनगर महानगरले सडकमा हुने पार्किङलाई हटाएर व्यवस्थित पार्किङ स्थल बनाउन शुरू गरेको छ। अब विराटनका मुख्य चोक तथा बजारका सडक किनारमा गाडी राख्न पाइने छैन।
विराटनगर- विराटनगर महानगरपालिकाले पार्किङ स्थललाई व्यवस्थित र सुरक्षित बनाउन सीसी क्यामेरा जडान गरेको छ। यहाँका व्यापारीले लामो समयदेखि पार्किङस्थललाई सुरक्षित र व्यवस्थित बनाउन माग गर्दै आएका थिए।
व्यापारीहरूकै आग्रहमा केही दिनका लागि सडकमा पार्किङ गर्न नदिने यसअघिको निर्णय महानगरले स्थगित गरेको थियो। अब व्यवस्थित र सुरक्षित भइसकेकाले पूर्ववत् अवस्थामै सडकलाई पार्किङ निषेध गरिने महानगर प्रमुख नागेश कोइरालाले जानकारी दिए।
सीसी क्यामेराको 'कन्ट्रोल रुम' जिल्ला प्रहरी कार्यालय र महानगरको नगर प्रहरी शाखामा रहनेछ। प्रमुख कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीले कन्ट्रोल रुममा जडान गरिएको सिसी क्यामेरामार्फत पार्किङस्थलको अवलोकनसमेत गरे।
सीसी क्यामेरा जडानसहित पार्किङ स्थलमा गिट्टी राखेर सम्याउने, बत्ती जडान गर्ने, पार्किङ स्थलमा जाने नालीमाथि स्लाब राख्नेलगायत कार्य सकिएको महानगर प्रहरी प्रमुख राजन पौडेलले जानकारी दिए।
महानगरले जलजला चोक पूर्व (साविक जुत्ता मेला लागेको ठाउँ), ग्रिनक्रस अस्पताल पछाडि, शनि मन्दिर दक्षिण तथा महावीर रोड उत्तर, पुरानो गुद्री, बुधहाट चोकस्थित बी प्लट, महावीर रोड र बी प्टलको बीचमा रहेको खाली जग्गा, आन्तरिक राजस्व कार्यालय अगाडिबाट पूर्व, सन्सारीमाईस्थान, हिमालय रोडस्थित मैनाली पुस्तक पसल अगाडिको बर्सना कम्प्लेक्सको अन्डरग्राउन्डलाई पार्किङका लागि तयारी गरिसकेको छ। पार्किङ स्थलमा समस्या नरहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए।
शनि मन्दिरदेखि अस्पताल चोक, जलजलाचोकदेखि ट्राफिक चोक हुँदै सन्सारीमाई स्थान, महावीर रोड, गुद्री रोड, शनि मन्दिरदेखि महावीर रोड, कलेज रोड र हिमालय रोडलाई पार्किङ निषेध बनाउने महानगरको कार्यपालिका बैठकले निर्णय गरिसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
