पछिल्लो १०० वर्षयता सिड्नी शहर अस्ट्रेलियाको सबैभन्दा बढी जनसंख्या भएको शहरका रूपमा रहँदै आएको थियो। अब भने सो स्थान मेलबर्नले लिएको छ।
अस्ट्रेलियाको मेलबर्न त्यहाँको सबैभन्दा बढी जनघनत्व भएको शहर बनेको छ। पछिल्लो १०० वर्षयता सिड्नी शहर अस्ट्रेलियाको सबैभन्दा बढी जनसंख्या भएको शहरका रूपमा रहँदै आएको थियो। अब भने सो स्थान मेलबर्नले लिएको छ।
जुन २०२१ यताको सरकारी तथ्यांकका आधारमा मेलबर्नको जनसंख्या ४८ लाख ७५ हजार ७०० छ। जुन सिड्नीकोभन्दा १८ हजार ७०० ले बढी हो।
तीव्र रूपमा जनसंख्या वृद्धि भइरहेको मेलबर्नमा क्षेत्रफल अभावमापछि अहिले मेल्टनसम्मै बस्ती बिस्तार भएको छ। मेल्टन मेलबर्नदेखि ३५ किलोमिटर पश्चिममा पर्छ। त्यहाँ मेलबर्नदेखि ३० मिनेटको सवारी यात्राबाट पुग्न सकिन्छ।
अस्ट्रेलियन ब्यूरो अफ स्टेटिस्टिक (एबीएस) को ‘महत्वपूर्ण शहरी क्षेत्र’ले १० हजारभन्दा बढी मानिस बसोबास गर्ने उपनगरहरू जोडिएको हुनुपर्ने बताउँछ। एबीएसका एन्ड्रू हाउवीले सिड्नी मर्निङ हेराल्ड पत्रिकासँगको कुराकानीमा भनेका छन्, “सन् २०२१ को जनगणनाको आधारमा सिड्नीको महत्वपूर्ण क्षेत्रमा मेलबर्नको भन्दा बढी जनसंख्या थियो। तर, मेल्टन पनि मेलबर्न शहरमै गाभिएपछि भने अहिले मेलबर्न सिड्नीभन्दा बढी जनघनत्व भएको शहर बनेको हो।”
एबीएसका अनुसार शहरका ठूला क्षेत्रहरूमा ‘कार्यक्षेत्र’का आधारमा छुट्याइन्छ जसमा शहरभित्रै निरन्तर सामाजिक जीवन बिताउने, व्यवसाय चलाउने र शहरभित्रै काम गर्ने जनसंख्या बढी हुनुपर्नेछ। तर, उनीहरूको बसोबास साना शहर र शहरसँग जोडिएका क्षेत्रहरू हुन पनि सक्छ।
यसअघि, १९ औँ शताब्दीताका भिक्टोरिया बसाइ सर्नेको संख्या बढेपछि सन् १९०५ सम्म मेलबर्न सिड्नीभन्दा धेरै जनघनत्व भएको शहर थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
