सोमबार कारोबारमा आएका २२४ कम्पनीको २५ लाख ७४ हजार ९७५ कित्ता सेयर ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँबराबरको कारोबार भएको छ।
काठमाडौँ– तिहारपछिको पहिलो कारोबार दिन सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले वृद्धि भएको छ। तिहारअघि १४ अंकले बढेर बन्द भएको नेप्से तिहारपछिको पहिलो कारोबार दिन सोमबार १६ अंकले बढेको हो।
नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार नेप्से परिसूचक १६.३९ अंकले वृद्धि भएर १८७४.८७ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३५ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ०.९१ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५६ प्रतिशतले बढेको छ।
सोमबार कारोबारमा आएका २२४ कम्पनीको २५ लाख ७४ हजार ९७५ कित्ता सेयर ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँबराबरको कारोबार भएको छ। नेप्से बढे पनि कारोबार रकम भने बढ्न सकेन।
नेप्सेका १३ उपसमूहमध्ये १२ उपसमूहको सूचक बढेको छ भने एउटा उपसमूहको सूचक घटेको छ। जसमा होटल तथा पर्यटन उपसमूहको सूचक सबैभन्दा धेरै १.६५ प्रतिशतले बढेको छ। अन्य उपसमूहको १.५९ प्रतिशत, बैकिङको १.५२ प्रतिशत र व्यापारको १.१४ प्रतिशतले बढेको छ। तर, विकास बैंक उपसमूहको परिसूचक ०.३९ प्रतिशतले घटेको छ।
नेप्से परिसूचक बढेसँगै सोमबार सयपत्री हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, नेपाल एसबिआई बैंकको मूल्य ८.२४ प्रतिशत बढेको छ भने साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ७.०७ प्रतिशत र एनआईसी एसियाको ६.८० प्रतिशत बढेको छ।
यता, अपर हेवाखोला हाइड्रोपावरको सेयरमूल्य ८.१६ प्रतिशत घटेको छ। आज एनआईसी एसिया बैंकको ६ करोड १७ लाख २१ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
