रोल्पा गंगादेव गाउँपालिका–४ का वडाध्यक्ष कृष्ण वलीको घरमा अवैध हतियार भेटिएपछि प्रहरीले अदालतबाट म्याद लिएर अनुसन्धान अगाडि बढाएको छ।
रोल्पा– प्रहरीले रोल्पा गंगादेव गाउँपालिका–४ का वडाध्यक्ष कृष्ण वलीमाथि अवैध हतियार लुकाइछिपाइ राखेको अभियोगमा जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अगाडि बढाएको छ।
वडाध्यक्ष वलीले घरमा अवैध हतियार लुकाइछिपाइ राखेको भन्ने गोप्य सूचनाका आधारमा खानतलासी गर्दा उनको कोठाबाट प्रहरीले एक थान म्यागेजिनसहितको पेस्तोल र तीनमा राउन्ड गोली बरामद गरेको थियो। उनले उक्त पेस्तोल घरको कोठामा रहेको माटोको डेरीभित्र रातो बुट्टे रुमालजस्तो कपडामा बेरी राखेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रवक्ता प्रकाश भुसालले जानकारी दिए।
उनका अनुसार पेस्तोल तथा गोली बरामद भएपछि ३३ वर्षीय वडाध्यक्ष वलीमाथि हातहतियार तथा खरखजनासम्बन्त्री कसुरमा जिल्ला अदालत रोल्पाबाट १४ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको हो।
आफ्नै गाउँपालिका अध्यक्षको गाडीमा आक्रमण गरेको आरोपमा वडाध्यक्ष वली चैत्र ३० गते नै पक्राउ परेका थिए। गंगादेव गाउँपालिका अध्यक्ष हरिबहादुर पुन चढेको गाडी तोडफोड गरेको आरोपमा उनलाई जिल्ला प्रशासन कार्यालय रोल्पाबाट १५ दिनको म्याद थप गरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा सुरक्षा र नैतिकताविरुद्धको कसुर (अभद्र व्यवहार) सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।
चैत्र ३० गते बेलुका ४ बजे गंगादेव गाउँपालिका वडा नं. ५ को कार्यक्रममा पुगेका गाउँपालिका अध्यक्ष पुनलाई लिन गएको रा.१झ १९१ नम्बरको गाउँपालिकाको स्कारपियो गाडीलाई रोकी वलीले मुक्काले हानेको प्रहरीको भनाइ छ ।
मुक्का प्रहारबाट गाडीको अगाडिको सिसा चर्किएको, दाहिनेतर्फको लुकिङ ग्लास भाँचिएको प्रहरीले जनाएको छ। गाउँपालिका अध्यक्षको गाडी तोडफोड गर्ने कार्यमा संलग्न रहेको पाइएपछि वडाध्यक्ष वलीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक श्यामकुमार सारुमगरले जानकारी दिए।
गाडी तोडफोड गर्ने वडाध्यक्ष वलीले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ। वडाध्यक्ष वली गाउँपालिकाको प्रवक्तासमेत हुन्। प्रदेशमा पठाउने समपूरक योजनामा गाउँपालिका अध्यक्ष पुनले एकलौटी गरेको भन्दै वलीले गाउँपालिका अध्यक्षको गाडी तोडफोड गरेको स्थानीयको भनाइ छ। गाउँपालिका अध्यक्ष पुन र वडाध्यक्ष वली दुवै गत वर्षको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
