रुस–युक्रेन युद्धका कारण पश्चिमा देशहरूको प्रतिबन्ध झेलिरहेको रुस चीनसँगको सम्बन्ध मजबुत पार्नमा केन्द्रित छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ रक्षामन्त्री ली शाङफुले दुई देशबीचको सैन्य साझेदारी बढाउने प्रतिबद्धता जनाएका छन्। तीनदिने मस्को भ्रमणमा गएका चिनियाँ रक्षामन्त्री ली र पुटिनले यस्तो प्रतिबद्धता जनाएका हुन्।
चीन भ्रमणमा रहेका चिनियाँ रक्षामन्त्री लीले भने, “विश्व र क्षेत्रीय सुरक्षा एवं स्थायित्व कायम गर्नका लागि चीनले रुससँग मिलेर नयाँ योगदान गर्न चाहन्छ।” साथै, उनले रुससँगको बहुपक्षीय समन्वय र सहयोगलाई मजबुत बनाउन चाहेकोमा जोड दिएको द गार्डियनले लेखेको छ।
चिनियाँ रक्षामन्त्री लीले भ्रमणमा निस्किनुअघि भनेका थिए, “चिनियाँ रक्षामन्त्री बनेपछि पहिलो पटक विदेश भ्रमणमा जाँदै छु। र मैले रुस रोज्नुको कारण भनेको दुई पक्षीय विशेष सम्बन्ध र रणनीतिक महत्त्व नै हो।”
चिनियाँ रक्षामन्त्री लीले मस्कोमा राष्ट्रपति पुटिन, रुसी रक्षामन्त्री सेर्गेइ शोइगुसहित विभिन्न उच्चपदस्थ अधिकारीहरूसँग भेट गरेका छन्।
आइतबार चिनियाँ रक्षामन्त्री लीसँगको भेटमा रुसी राष्ट्रपति पुटिनले दुई मुलुकबीचको सैन्य साझेदारीले रणनीतिक र विश्वासमा आधारित सम्बन्धलाई थप मजबुत बनाउने बताएका थिए। साथै, उनले मस्को र बेइजिङबीचको ‘सफल र व्यापक सहकार्य’को प्रशंसा गरेका थिए।
यस्तै, मस्को र बेइजिङको रक्षा मन्त्रालयले आवश्यक सूचना साटासाट गर्ने र संयुक्त सैन्य अभ्यास गर्ने विषयमा जोड दिँदै पुटिनले दुई देशबीचको सैन्य साझेदारीको समेत प्रशंसा गरे। रुस–युक्रेन युद्धका कारण पश्चिमा देशहरूको प्रतिबन्ध झेलिरहेको रुस चीनसँगको सम्बन्ध मजबुत पार्नमा केन्द्रित छ।
चीनको रक्षामन्त्री बनेयता ली विदेश भ्रमणमा निस्किएको पहिलो पटक हो। आइतबार मस्को भ्रमणमा निस्किएका चिनियाँ रक्षामन्त्री ली मंगलबारसम्म रुसको भ्रमणमा व्यस्त रहनेछन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको औपचारिक मस्को भ्रमणको केही सातापछि चिनियाँ रक्षामन्त्री मस्को भ्रमणमा गएका हुन्। रुसी प्रमुख हतियार निर्यातकर्ता रोसोबोरोनेक्पोर्तबाट कम्ब्याट विमान र उपकरणहरू खरिद गरेको भन्दै लीलाई अमेरिकाले सन् २०१८ यता प्रतिबन्ध लगाएको छ।
यसैबीच, गत साता चुहिएका अमेरिकी गोप्य दस्ताबेजहरूमा चीनले युक्रेन युद्धमा प्रयोग गर्नका लागि रुसलाई सैन्य हतियार उपलब्ध गराउने अनुमति दिइसकेको तर हतियार पठाइएको विषय लुकाउन चाहेको खुलासा भएको थियो। यी लगायत थुप्रै देशसँगको अमेरिकी संवाद, निर्णय र अमेरिकी धारणहरू समावेश भएका अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अति गोप्य कागजात बाहिरिएको विषयले सनसनी मच्चाइरहेको छ।
यद्यपि, बेइजिङले मस्कोलाई हतियार उपलब्ध गराएको विषयमा भने (उत्तर एट्लान्टिक सन्धि संगठन) नेटो र अमेरिकाले कुनै संकेत नभेटाएको द गार्डियनले लेखेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
