एमालेले साउन २६ मा अध्यक्ष ओलीको संयोजकत्वमा चुनावी घोषणापत्र मस्यौदा कमिटी गठन गरेको थियो।
काठमाडौँ– नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। एमालेले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मंगलबार होटल याक एन्ड यतीमा एक कार्यक्रम आयोजना गरी चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको हो।
नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्ने बताए। एमालेले साउन २६ मा अध्यक्ष ओलीको संयोजकत्वमा चुनावी घोषणापत्र मस्यौदा कमिटी गठन गरेको थियो। कमिटीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा 'बादल', अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन्।
एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेलगत्तै सुदूरपश्चिमको दार्चुलाबाट चुनावी अभियान थाल्ने भएको छ। दार्चुलास्थित सदरमुकाम खलंगामा कात्तिक १८ गते अध्यक्ष ओलीसहितका नेताहरूले चुनावी अभियानको शुरुआत गर्ने भएका हुन्।
त्यस्तै, सत्ता गठबन्धनमा आवद्ध दलहरूले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्। सोमबार नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्। एकीकृत समाजवादीले राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा, स्थिरता तथा आर्थिक–सामाजिक रूपान्तरणको माध्यामबाट मुलुकलाई समृद्ध बनाउने मुख्य नारासहित घोषणापत्र सार्वजनिक गरेको छ। यता, माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेश प्रमुखको व्यवस्था गर्ने वाचा गर्दै घोषणापत्र सार्वजनिक गरेको छ।
यस्तै, आजै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। राप्रपाले पनि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ। आसन्न निर्वाचनमा राप्रपाले एमालेसँग तालमेल गरेको छ।
यस्तै, सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले शनिबार आफ्नो संकल्पपत्र सार्वजनिक गरेको थियो। कांग्रेसले आफ्नो संकल्पपत्रमा सुशासन र आर्थिक विकासलाई केन्द्रविन्दुमा राखेको जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
