महालेखा नियन्त्रकको कार्यालयका सूचना अधिकारी गायत्रीरमण खनालका अनुसार सरकारी सर्भरमा समस्या देखिएपछि मंगलबार अनलाईनमार्फत हुने राजस्व संकलन ठप्प भएको छ।
काठमाडौँ– सरकारी राजस्वसम्बन्धी सर्भर डाउन हुँदा राजस्व संकलन प्रभावित बनेको छ। मंगलबार बिहान ११ बजेदेखि १ बजेसम्म सरकारी राजस्वसम्बन्धी सर्भर डाउन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।
“यस कार्यालयबाट सञ्चालित प्रणाली आरएम आईए, टीएसए, सीजीएएस, सुत्र, पीएएमएसलगायत प्रणालीमा प्राविधिक समस्या देखिएकाले आज बिहान ११ बजेदेखि १ बजेसम्म प्रणाली सञ्चालन हन नसकेकाले यसबाट पर्न गएको असुविधाप्रति क्षमायाचना गदछौँ”, कार्यालयले जारी गरेको सूचनामा भनिएको छ।
दिउँसो १ बजेपछि सर्भर सञ्चालनमा आए पनि पूर्णरूपमा भने सञ्चालनमा आउन नसकेको महालेखा नियन्त्रकको कार्यालयका सूचना अधिकारी गायत्रीरमण खनालले जानकारी दिए। “दिउँसो ३ घण्टा सर्भर पूर्णरूपमा डाउन भएको थियो, १ बजेपछि सञ्चालनमा आउँदा एकैपटक धेरैले सर्भर चलाउन स्लो भएको छ’, उनले भने।
उनका अनुसार सरकारी सर्भरमा समस्या देखिएपछि मंगलबार अनलाईनमार्फत हुने राजस्व संकलन ठप्प भएको छ। राजस्व संकलनसँगै काटिएका चेकसमेत नसाटिएको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
