कृषि सामग्री कम्पनी लिमिटेडले आगामी वर्षका लागि मल खरिद गर्न तत्काल बजेट विनियोजन गरिदिन सरकारसँग अनुरोध गरेको छ। विगतमा बजेट ढिलो विनियोजन हुने गरेकाले मल अभाव हुने गरेको लिमिटेडको भनाइ छ।
काठमाडौँ– कृषि सामग्री कम्पनी लिमिटेडले आगामी आर्थिक वर्षका लागि पाँच लाख मेट्रिक टन रासायनिक मल भित्र्याउने तयारी गरेको छ।
लिमिटेडका कायममुकायम प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले पाँच लाख मेट्रिक टन मल ल्याउनका लागि समयमा बजेट विनियोजन हुने बताए।
“अघिल्ला वर्षमा सही समयमा बजेट विनियोजन नहुँदा मलको अभाव हुने गरेको थियो। तर आगामी आर्थिक वर्षका लागि चाहिने बजेट समयमा विनियोजन गर्न सरोकारवाला निकायले प्रतिबद्धता जनाइसकेकाले मलको कमी हुँदैन,” उनले भने, “लिमिटेडलाई पनि योजना तयार गर्न अनुकूल भएको छ। बजेट विनियोजन भएलगत्तै खरिद प्रक्रिया थाल्छौँ।”
उनका अनुसार बजारमा मल अभाव हुनुको मुख्य कारण बजेट विनियोजन समयमा नहुनु हो। पछिल्लो वर्षका लागि मलको आवश्यकता परिपूर्ति गर्न पुस मसान्तभित्र आवश्यक बजेट चाहिने उनले बताए। “खरिद प्रक्रियामा समय लाग्ने भएका कारण चैतमा प्राप्त भएको बजेटले कृषकको माग पूरा हुन सक्दैन,” पोखरेलले भने।
मल वितरण निर्देशिकाबमोजिम लिमिटेडले पाँच हजार ३०० सहकारी संस्थामार्फत स्थानीय तहसम्म मल बिक्री गर्ने गरेको छ। प्रबन्ध सञ्चालक पोखरेलका अनुसार साल्ट ट्रेडिङले ३० प्रतिशत र लिमिटेडले ७० प्रतिशत मल आपूर्ति गर्ने गरेका छन्। यस आर्थिक वर्ष कृषकलाई पाँचदेखि सात लाख मेट्रिक टन रासायनिक मल आवश्यक हुन्छ। चार लाख मेट्रिक टन आउने क्रममा रहेको तर समयमा बजेट विनियोजन नभएका कारण एक लाख मेट्रिक टन कमी हुने पोखरेलले बताए। हाल लिमिटेडमा एक लाख मेट्रिक टन रासायनिक मल मौज्दात रहेको र अरू आपूर्ति गर्नका लागि टेन्डर खोलिएको छ।
आव २०७८/०७९ मा एक लाख ७७ हजार ५०६ मेट्रिक टन आपूर्ति गरेकामा यस आर्थिक वर्षमा हालसम्म खरिद र टेन्डर भएको जम्मा तीन लाख २४ हजार मेट्रिक टनमध्ये एक लाख ३८ हजार एक सय टन भित्रिएको र एक लाख ३६ हजार ६०० टन बिक्री वितरण भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ।
भारत सरकारबाट खरिद भएको युरियामध्ये आठ हजार २०० मेट्रिक टन प्राप्त भएको र २१ हजार ८०० मेट्रिक टन आउने क्रममा छ। एक लाख २३ हजार मेट्रिक टन सम्झौता भएको र ४० हजार मेट्रिक टन टेन्डर भएको मन्त्रालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
