चीन र नेपालका सुरक्षा निकायबीच भएको द्विपक्षीय बैठकमा कोरोना संक्रमणबाट सावधानी अपनाउँदै नाका खोल्ने सहमति भएको छ।
सिन्धुपाल्चोक– सिन्धुपाल्चोकस्थित नेपाल–चीन जोड्ने तातोपानी नाका वैशाख १८ देखि सञ्चालनमा ल्याउने सहमति भएको छ।
चीन र नेपालका सुरक्षा निकायबीच भएको द्विपक्षीय बैठकले नाका खोल्ने विषयमा सहमति गरेको हो। सिन्धुपाल्चोकका डीएसपी रामकुमार यादवले बैठकमा तातोपानी नाका नियमित सञ्चालन, सीमा सुरक्षा तथा कोरोना संक्रमण एवं सुरक्षाको विषयमा छलफल भएको बताए।
दुवै देशले कोरोना संक्रमणसम्बन्धी सावधानी अपनाउने तथा सूचना सम्प्रेषण गर्ने, अन्तरदेशीय सिमाना सुरक्षा व्यवस्था अझ बलियो बनाउने, अपराध नियन्त्रण र न्यूनीकरणमा संवेदशील रही आवश्यकतानुसार संयुक्त तालिम, गस्ती गर्ने, थप चेक प्वाइन्ट राख्ने व्यवस्था मिलाउने सहमति भएको छ।
यस्तै सीमा सुरक्षासम्बन्धी सम्पूर्ण सूचना तत्कालै आदानप्रदान गर्ने, विगतमा भएजस्तै आगामी दिनमा समेत आपसी सुरक्षासम्बन्धी काम कारबाहीमा सहयोग र समन्वयात्मक कार्यमा अझ बढी संवेदनशील रही सुरक्षा व्यवस्थालाई बलियो बनाउनेलगायत बैठकमा छलफल भएको डीएसपी यादवले बताए।
तातोपानी नाका लामो समयदेखि नियमित सञ्चालन हुनसकेको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
