बुधबार सम्पन्न हुने सम्मेलनमा नेपालका जलविद्युत् आयोजना र भारतीय क्रेताबीच विद्युत् खरिद सम्झौता (पीपीए), नवीकरणीय ऊर्जा विकास र बजार विस्तारका लागि एमओयूमा हस्ताक्षर हुनेछ।
काठमाडौँ– काठमाडौँमा ‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने मूल नाराका साथ आठौँ ऊर्जा सम्मेलन (पावर समिट) शुरू भएको छ।
स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (ईपान)द्वारा आयोजित सम्मेलनको मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरे।
बुधबार सम्पन्न हुने सम्मेलनमा भारत, बंगलादेश, भुटान, श्रीलंकालगायत ३० वटा देशका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधि सहभागी भएका छन्।
ऊर्जा मन्त्रालयका उच्च अधिकारी, पावर ट्रेडिङ कम्पनी, विद्युत् उत्पादक, वित्तीय संस्था, प्रसारण तथा वितरण कम्पनी, परामर्शदाता कम्पनीलगायत ऊर्जा क्षेत्रका सरोकारवाला पनि सम्मेलनमा सहभागी रहेको ईपानले जनाएको छ।
सम्मेलनमा नेपालका जलविद्युत् आयोजना र भारतीय क्रेताबीच विद्युत् खरिद सम्झौता (पीपीए), नवीकरणीय ऊर्जा विकास र बजार विस्तारका लागि एमओयूमा हस्ताक्षर हुने ईपानले बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
