युक्रेनमा आक्रमण गरेयता रुसले कुनै पनि विपक्षीलाई पहिलो पटक यति लामो समयका लागि जेल सजाय तोकेको हो।
युक्रेनमा रुसी आक्रमणको विरोध गर्ने अभियन्ता भ्लादिमिर कारा मर्जालाई रुसी अदालतले २५ वर्षको जल सजाय सुनाएको छ।
देशद्रोह, रुसी सेनाबारे गलत सूचना फैलाएको र अवाञ्छित संगठनमा जोडिएको आरोपमा उनलाई दोषी ठहराइएको बीबीसीले जनाएको छ।
रुसी–बेलायती पूर्वपत्रकार एवं राजनीतिज्ञ मुर्जा रुस र राष्ट्रपति भ्लादिमिर पुटिनको विरोधमा पक्राउ पर्ने पछिल्ला व्यक्ति हुन्। ४१ वर्षीय मुर्जाले आफूविरुद्धको आरोप खण्डन गरेका छन्। उनीजस्तै अन्य विपक्षीलाई पनि रुसको विरोध गरेकामा देश छाड्न बाध्य पारिएको छ।
मुर्जाले रुसी राष्ट्रपतिको कट्टर आलोचना र रुसमा नागरिकमाथि सरकारी दमनको विरोध गर्दै आइरहेका छन्। गत साता उनले आफुले गरेका कुनै पनि काम र प्रयोग गरेका शब्दप्रति पश्चात्ताप छैन बरु गौरवान्वित छु भन्दै विज्ञप्ति जारी गरेका थिए।
अनलाइनमा पोस्ट गर्दै उनले भनेका थिए, “मलाई थाहा छ हाम्रो देशमा मडारिएको अँध्यारो एक दिन पक्कै सफा हुनेछ। हाम्रो समाजले आँखा खोल्नेछ र जब देशका नाममा भएका अपराधबारे ज्ञात हुनेछ तब अतालिनेछ।” युक्रेनमा आक्रमण गरेयता रुसले कुनै पनि विपक्षीलाई सबैभन्दा लामो जेल सजाय तोकिएको यो पहिलो पटक हो।
यस्तै रुसी निर्णयको अन्तर्राष्ट्रिय जगत्ले निन्दा गरेको छ। मर्जालाई अदालतले चार हजार ९०० अमेरिकी डलर जरिबानासमेत तोकेको छ। अदालतको निर्णयपछि मुर्जाले भनेका थिए, “मेरो आत्मविश्वास थप बढेको छ। मैले गरेको सबै कुराहरू सत्य छन् भन्ने महसुस भएको छ।”
रुसी सरकारका आलोचक एवं विपक्षी नेता एलेक्सी नाभाल्नीले पनि सजायको निर्णयलाई क्रेमलिनको ‘बदला’ भनेका छन्। रुसी अधिकारीमाथि प्रतिबन्ध लगाउन पश्चिमा सरकारलाई मनाउन मुर्जाले प्रमुख भूमिका खेलेको भनिएको छ। उनलाई रुसी प्रहरी अधिकारीको अवज्ञा गरेको अरोपमा एक वर्षअघि पक्राउ गरिएको थियो।
तर, हिरासतमा लिएपछि भने उनीमाथि गम्भीर आरोप लगाइएको बीबीसीले जनाएको छ।
"यसले रुसी अधिकारीहरू आलोचकलाई शान्त पार्न कति दृढ छन् भन्ने मात्र देखाउँदैन, राजनीतिक प्रणालीका लागि खतरा भनेर विश्वास गरिएका सबै मानिस र विषयलाई कसरी तटस्थ बनाउँछन् भनेर पनि देखाउँछ," बीबीसीले लेखेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
