कुशल मल्ल र भीम सार्कीको शतकीय साझेदारीमा घरेलु टोली नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ।
काठमाडौँ– कुशल मल्ल र भीम सार्कीको शतकीय साझेदारीमा घरेलु टोली नेपालले एसीसी प्रिमियर कपअन्तर्गत समूह 'ए' को पहिलो खेलमा मलेसियालाई पराजित गरेको छ।
मंगलबार सम्पन्न खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो। मलेसियाले दिएको १३५ रनको लक्ष्य पछ्याएको नेपालले ३६.२ ओभरमा ४ विकेट गुमाउँदै १३७ रन बनायो।
नेपालका भीम सार्कीले सर्वाधिक ७१ रन बनाए। उनले ९८ बलमा ५ चौका प्रहार गरे। उनले कुशल मल्लसँग ११२ रनको साझेदारी गरे। कप्तान रोहितकुमार पौडेल ४३ बलमा ५ चौकासहित ४२ रन बनाएर आउट भएपछि कुशल क्रिजमा आएका थिए।
२१.५ ओभरमा ११९-३ को स्थितिमा क्रिजमा आएका कुशल ४० बलमा ५ चौका र ५ छक्कासहित ७० रन बनाएर अविजित रहे।

मलेसियाका रिजवन हैदर, विरन्दिप सिंह, विजय उन्नी र मोहम्मद वाफिकले १/१ विकेट लिए।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३५ रन बनाएको हो।
मलेसियाका कप्तान अहमद फैजले सर्वाधिक ७६ रन बनाए। उनले ९५ बलमा ८ चौका र १ छक्का प्रहार गरे।
दोस्रो विकेटका लागि उनले वीरन्दीप सिंहसँग ११६ रनको विशाल साझेदारी गरे। उनी ३३औँ ओभरको दोस्रो बलमा सन्दीप लामिछानेको बलमा विकेट किपर आशिफ शेखबाट क्याच आउट भए।
३८औँ ओभरको पहिलो बलमा वीरन्दीप पनि ललितनरायण राजवंशीले फ्याँकेको बलमा लामो सर्ट खेल्ने धुनमा सोमपाल कामीबाट क्याच आउट भए।

आउट हुनुअघि उनले ९४ बलमा २ चौकासहित ४६ रन बनाए। ओपनर मोहम्मद अमिर १७, विजय उन्नी १२, सायद अजिज १३ र खिजार ह्यात २२ रनमा आउट भए।
४६. ३ ओभरमा २०९-७ को स्थितिमा आएका स्याजरूल इद्रुसले १३ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २१ रन बनाए।
सोमपाल र सन्दीपको तीन/ तीन विकेट
९ ओभरम बलिङ गरेका तीव्र गतिका बलर सोमपाल कामीले ४० रन दिँदै ३ विकेट लिए। उनले ४६औँ ओभरमा लगातार दुई विकेट लिएका थिए। उनले ४६औँ ओभरको तेस्रो बलमा खिजारलाई भीम सार्कीबाट क्याच आउट गराए। लगत्तै उनले फिट्री शामलाई बोल्ड गरे।

तर, पाँचौँ बलमा स्याजरूल इद्रुसले चौका प्रहार गर्दा सोमपाल ह्याट्रिक विकेट लिन चुकेका थिए। त्यसअघि उनले ४१औँ ओभरको चौथो बलमा अजिजको विकेट लिएका थिए।
यता, लेग स्पिनर सन्दीप लामिछानेले पनि ३ विकेट लिए। उनले १० ओभरमा १ मेडनसहित ४८ रन खर्चिए। स्पिनर ललितले १० ओभरमा ३४ रन खर्चिएर २ विकेट लिए।
अर्का तीव्र गतिका बलर गुलशन झाको नाममा १ विकेट रह्यो।
जितसँगै समूह 'बी' मा नेपालले २ अंक जोडेको छ। नेपालले अर्को खेल वैशाख ८ गते ओमानसँग खेल्ने छ। नेपाल र ओमानबिचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमै हुने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
