एनआरटीलाई जित दिलाउन सरोज तामाङ, सञ्जीव विष्ट र मोहित गुरुङले समान एक/एक गोल गरे। खुमलटारका श्याम मुर्मूले एक गोल फर्काए।
काठमाडौँ– यसै सिजन बढुवा भएको खुमलटार युथ क्लबलाई मंगलबार ३–१ गोल अन्तरले पराजित गर्दै न्युरोड टिम (एनआरटी)ले राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा दोस्रो जित हात पारेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको १०औँ चरणको पहिलो खेलमा एनआरटीले सुखद नतिजा निकालेको हो। एनआरटीलाई जित दिलाउन सरोज तामाङ, सञ्जीव विष्ट र मोहित गुरुङले समान एक गोल गरे। खुमलटारका श्याम मुर्मूले एक गोल फर्काए।
शुरूआतमा प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोली पहिलो हाफमा गोलका लागि केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न असफल भएका थिए।
खेलको २३औँ मिनेटमा एनआरटीका निकोलस सङले पेनाल्टी बक्स भित्रबाट प्रहार गरेको प्रयास निकै फितलो भएको थियो। लगत्तै खुमलटारले काउन्टर प्रयास गरे पनि सफल हुन सकेन।
३१औँ मिनेटमा खुमलटारका अभिषेक बर्माको लामो प्रहार एनआरटीका गोलकिपर पूजन होनाले सहजै नियन्त्रणमा लिँदा खुमलटारको अवसर खेर गएको थियो।
खेलको ३३औँ मिनेटमा अनमार्क रहेका एनआरटीका सरोज तामाङ पेनाल्टी बक्सभित्र चुके। पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा सरोजले अर्को अवसर खेर फाले। फ्री हेडर बललाई सही दिशा दिन नसक्दा खुमलटारका गोलकिपर देव लिम्बूले सहजै नियन्त्रणमा लिएका थिए।
दोस्रो हाफमा भने एनआरटीले सुधारिएको प्रदर्शन देखायो। आक्रामक देखिएको एनआरटीका लागि पहिलो हाफमा निकै अवसर पाएका सरोजले गोलको खाता खोले। सुशन श्रेष्ठको क्रसमा पासमा सरोजले हेडरमार्फत जाली चुमाउँदा एनआरटीले अग्रता लिएको थियो।
अग्रता लिएसँगै मनोबल उच्च बनाएर खेलेको एनआरटीका लागि ८२औँ मिनेटमा सञ्जीवले टोलीको अग्रता दोब्बर बनाए। सञ्जीवले कृतिस रत्न छुन्जूको पासमा खुमलटारका डिफेन्डर अभिषेक लिम्बूले क्लियर गर्न नसकेको बललाई गोलमा परिणत गरेका थिए। त्यसको तीन मिनेटपछि मोहितले कृतिसकै पासमा टोलीका लागि तेस्रो गोल थपे।
पछि परेसँगै अन्तर घटाउने प्रयासमा रहेको खुमलटारले अन्तिम मिनेटमा सान्त्वना गोल फर्कायो। श्यामले गोल गर्दै अग्रता छोट्टाए पनि उनको टोली खुमलटार खेलमा फर्किन असफल रह्यो र अंक एनआरटीलाई सुम्पिन बाध्य बन्यो।
दशौँ चरणको पहिलो खेलमा सुखद नतिजा निकालेको एनआरटीले दोस्रो जितसहित तालिकामा १० खेलबाट १० अंक नै बनाएको छ। यसअघि एनआरटीले चार बराबरी र चार हारको नतिजा भोगेको छ। उता पराजय बेहोरेको खुमलटारको समान खेलबाट तीन जित, एक बराबरी र ६ हारको नतिजासहित १० अंकका साथ एनआरटीभन्दा एक स्थान मुनि ११ औँ स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
