ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङले गीत-संगीत मात्र नभई सामाजिक दायित्वलाई समेत अभिभाराका रूपमा उठाउँदै प्रस्तुति दिन लागेको बताए।
काठमाडौँ– नेपथ्यले देशव्यापी एक महिना लामो सांगीतिक यात्रा गर्ने भएको छ। नेपथ्यले आगामी मंसिर १६ गतेदेखि पुस १६ गतेसम्म पूर्वदेखि पश्चिमसम्म ‘मानवता प्रवर्द्धन अभियान’अन्तर्गत सांगीतिक प्रस्तुति दिने भएको हो।
यसअघि विद्यालयमा हतियारधारीको हस्तक्षेप हटाउन ‘शान्तिको लागि शिक्षा’ र द्वन्द्वको चक्रबाट देशलाई मुक्त गर्ने कामनाका साथ ‘सुन्दर शान्त नेपाल’जस्ता अभियान नेपथ्यकै सक्रियता एवं सहभागितामा अघि बढेको थियो। यस्ता अभियानमा नेपथ्यले गीत सुनाउनुका साथै आफूले उठाएको नारालाई अर्थ्याउने गर्थ्यो। यसपटक मानवसेवा आश्रमको आयोजनामा ‘मानवताको लागि संगीत’ अभियानअन्तर्गत नेपथ्यले प्रस्तुति दिन लागेको हो।
नेपथ्यको पहिलो प्रस्तुति विराटनगरस्थित ‘हाटखोला मैदान’मा मंसिर १६ बाट शुरु हुने छ। त्यसपछि १९ गते वीरगन्जको ‘आदर्शनगर रंगशाला’मा र २२ गते हेटौँडाको ‘भूटनदेवी स्कुल मैदान’मा नेपथ्यले आफ्नो प्रस्तुति दिने छ।
हेटौँडापछि २५ गते नारायणघाटको ‘क्याम्पाचौर’मा ब्यान्ड उपस्थित हुनेछ। मंसिर महिनाको अन्तिम शो भने नेपालगञ्जमा २९ गतेका दिन आयोजना गरिनेछ। त्यसपछि पुसको ३ गते ब्यान्डले धनगढीको रंगशालामा प्रस्तुति दिने छ भने वीरेन्द्रनगर सुर्खेतको खुलामञ्चमा पुस ६ गते कर्णाली प्रदेशका श्रोतालाई आफ्ना नयाँ तथा पुराना गीत सुनाउनेछ। त्यहाँबाट फर्किएर ९ गते बुटवलस्थित ‘रामनगर खेलमैदान’मा ब्यान्डले प्रस्तुति दिने छ।
त्यसपछि नेपथ्यको यात्रा ‘होम ग्राउण्ड’मा प्रवेश गर्ने छ। पुस १२ गते ब्यान्डले पोखराको नयाँबजारस्थित ‘प्रदर्शनी केन्द्र’मा आफूलाई उभ्याउने छ। यसरी मुलुकका सम्पूर्ण प्रदेश घुमिसकेपछि अन्तिममा ब्यान्ड संघीय राजधानी काठमाडौँ आइपुग्नेछ। काठमाडौँमा पुस १६ गते भृकुटीमण्डपमा ब्यान्ड प्रस्तुति दिने छ।
ब्यान्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङले गीत-संगीत मात्र नभई सामाजिक दायित्वलाई समेत अभिभाराका रूपमा उठाउँदै प्रस्तुति दिन लागेको बताए। "कुनै पनि नेपालीले कष्टपूर्ण अवस्था झेल्नु नपरोस् भनेर मानवताको सन्देश लिएर स्रोता-दर्शकमाझ पुग्न लागेका छौँ," उनले भने।
नेपथ्यको यो यात्रालाई ‘नेपालय’ले व्यवस्थापन गरेको छ। देशभरका कन्सर्टका लागि आयोजक मानवसेवा आश्रमका स्थानीय केन्द्रहरूले सहयोग गर्ने छन्। "हामीले सबैतिर उच्चस्तरको प्रविधिसहित खुला आकाशमुनि शो आयोजना गर्न लागेका छौँ," नेपालयका प्रमुख किरणकृष्ण श्रेष्ठले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
