यूएईका वृत्यले १८५ रनको शतकीय इनिङ्स खेले। उनले १४७ बलमा १७ चौका र ९ छक्का प्रहार गरे। अनुभवी ब्याटर रोहन ११८ रनमा आउट भए। मुस्तफाले १२५ बलमा १० चौका र ४ छक्का प्रहार गरे।
काठमाडाैँ– वृत्य अरविन्द र रोहन मुस्तफाको दोहोरो शतकीय साझेदारी सँगै यूएईले एसीसी प्रिमियर कपमा कुवेतलाई ३७२ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३७१ रन बनायो।
यूएईका वृत्यले १८५ रनको शतकीय इनिङ्स खेले। उनले १४७ बलमा १७ चौका र ९ छक्का प्रहार गरे। अनुभवी ब्याटर रोहन ११८ रनमा आउट भए। मुस्तफाले १२५ बलमा १० चौका र ४ छक्का प्रहार गरे।
४.४ ओभरमा २४–३ को अवस्थामा यूएईको इनिङ्स उकास्न वृत्य र रोहनले २७५ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए। ४७औँ ओभरको तेस्रो बलमा सैयद मोनिबको बलमा रोहन विकेटकिपर उस्मानघानी इब्राहिमबाट क्याच आउट भए।
यूएईका आसिफ खानले ९ बलमा २ चौका र ३ छक्कासहित ३० रनको विष्फोटक ब्याटिङ गरे। कप्तान तथा ओपनर मोहम्मद वासिम ८, रामेज शाहजद ९ र आर्यन लाक्रा शून्य रनमा आउट भए।
सञ्चित शर्मा भने २ रनमा अविजित रहे। कुवेतका प्रविन्दर कुमार र शाहरूख कुद्दुसले २/२ विकेट लिए। यासिन पटेल र सैयद मोनिबको नाममा १/१ विकेट रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
