राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) द्वारा बुधबार सार्वजनिक जनसांख्यिक विवरण अनुसार यसवर्षको मध्यसम्म भारतको जनसंख्या १ अर्ब ४२ करोड ८६ लाख र चीनको १ अर्ब ४२ करोड ५७ लाख हुनेछ।
विश्वको सर्वाधिक जनघनत्व भएको देश भारतको सन् २०२३ को मध्यसम्मको अनुमानित जनसंख्या चीनकोभन्दा करीब ३० लाख बढी हुने संयुक्त राष्ट्रसंघको नयाँ प्रतिवेदनले देखाएको छ।
राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) द्वारा बुधबार सार्वजनिक जनसांख्यिक विवरण अनुसार यसवर्षको मध्यसम्म भारतको जनसंख्या १ अर्ब ४२ करोड ८६ लाख रहने बताइएको छ। जहाँ चीनको जनसंख्या १ अर्ब ४२ करोड ५७ लाखमा सीमित हुनेछ। विश्वको जनसंख्या ८ अर्ब पुग्नुलाई धेरैले अत्यधिक मानेको पनि प्रतिवेदनमा उल्लेख छ।
सन् २०५० सम्ममा विश्वको जनसंख्याको आधा हिस्सा केवल आठ देशले लिने पनि प्रतिवेदनले देखाएको छ। ती आठ देश डेमोक्रेटिक रिपब्लिक अफ कंगो (डीआरसी), इजिप्ट, इथियोपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र तान्जानिया हुने उल्लेख छ। राष्ट्रसंघको तथ्यांकलाई आधार मान्दै केही जनसंख्याविद्हरूले भारतले यसै महिना चीनलाई उछिन्ने बताएका थिए। यद्यपि, विश्वका कुनै पनि निकायले यो परिवर्तन कुन समयमा हुने भनेर तोकेका थिएनन्।
भारत र चीनबाट आउने तथ्यांकको अनिश्चितताका कारण संख्या वृद्धिको यकिन समय भन्न सम्भव नहुले राष्ट्रसंघीय अधिकारीहरूले बताएका थिए। विशेषगरी भारतमा यसअघि सन् २०११ मा मात्रै जनगणना भएको थियो। सन् २०२१ को जनगणनासमेत कोभिड महामारीका कारण प्रभावित भएको थियो।
विश्वको अनुमानित ८ अर्ब ४५ लाख जनसंख्याको एकतिहाइ हिस्सा भारत र चीनले ओगट्ने बताइएको छ। यद्यपि, एशियाकै यी ठूला देशमा जनसंख्या वृद्धिदर तीव्र गतिमा घटिरहेको छ। भारतको तुलनामा चीनमा तीव्र दरमा जनसंख्या घटिरहेको छ। गत वर्ष, मात्रै चीनको जनसंख्या ६ दशकयताकै सबैभन्दा कम देखिएको थियो।
यता, सरकारी तथ्यांक अनुसार भारतको वार्षिक जनसंख्या वृद्धिदर सन् २०११ यता औसतमा १.२ प्रतिशत छ। जुन तुलनात्मक रूपमा पछिल्लो एक दशकयता १.७ प्रतिशत छ।
यता, राष्ट्रसंघले विश्वको जनसंख्या बढाउनेभन्दा पनि जनसांख्यिकीमा लचिलोपना ल्याउन महिलाहरूको प्रजनन अधिकारलाई विशेष ध्यान दिनुपर्ने बताएको छ। यस्तै, सन् २०८० सम्म विश्वको जनसंख्या १० अर्ब ४० करोड पुग्ने प्रक्षेपण भइरहँदा विश्वको जनसंख्यालाई लिएर व्यापक चिन्ता बढेको राष्ट्रसंघीय जनसंख्या कोषले जनाएको छ। कहिले र कसरी बच्चा जन्माउने भन्ने कुराको अधिकार र नियन्त्रण महिलाहरूमा छाडिदिनुपर्नेमा राष्ट्रसंघीय जनसंख्या कोषले जोड दिएको छ।
राष्ट्रसंघीय जनसंख्या कोष प्रमुख नातालिया कनेम भन्छिन्,“आधाजसो अर्थात ४४ प्रतिशत महिला शारीरिक स्वायत्तता प्रयोग गर्न असमर्थ छन्। गर्भनिरोधका साधनको प्रयोग, स्वास्थ्य सेवा, कोसँग यौनसम्बन्ध राख्ने वा नराख्नेबारेका कुराको छनोट गर्न असमर्थ छन्। विश्वभरका आधारजति गर्भधारण अनपेक्षित हुने गरेका छन्। “प्रश्न के हो भने, जन्म दिने बालबालिकाको संख्या र जन्मान्तरको विषय छनोट गर्ने आधारभूत मानवअधिकारको सदुपयोग गर्न के सबै मानिसले पाउँछन् त?”
यस्तै, विश्वमा सबैभन्दा बढी प्रजननदर भएका देशले जलवायु परिवर्तनमा न्यून हिस्सा ओगट्छन्, तर यसका असरहरू सबैभन्दा बढी भोग्नुपर्ने उनको भनाइ छ। विश्वमा सबैभन्दा बढी प्रजननदर भएका देशहरूमा सबै अफ्रिकी देश छन्। जस्तै, नाइजर, चाड, डीआरसी, माली र सेन्ट्रल अफ्रिकन रिपब्लिक।
यस्तै, सबैभन्दा न्युन जन्मदर रहेका क्षेत्रमा हङकङ, दक्षिण कोरिया, सिंगापुर, मकाउ, सान मरिनो, अरूबा र चीन हुन्। विश्वको जनसंख्याबारे कनेम भन्छिन्, "विश्वको जनसंख्या तीव्र रूपमा बढिरहेको छ। हाल विश्वको औसत प्रजनन दर इतिहासै कम मानिएको छ। मानिसको इतिहासमै यो पहिलो पटक हो जहाँ सबै देशहरू ठूला भइरहेका छैनन्।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
