जाजरकोट नलगाड नगरपालिका– १२ तल्लुस्थित भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिँदा ९ जना घाइते भएका छन्।
काठमाडौँ– भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका– १२ तल्लुस्थित भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिएको छ। बेलिब्रिज भाँचिँदा ९ जना घाइते भएका छन्।
“जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत निर्माणाधीन बेलिब्रिज भाँचिँदा ९ जना घाइते भएका छन्। उनीहरूको अवस्था गम्भीर रहेको छ। कतै मृत्यु भनेर पनि आएको छ, त्यो पुष्टि भइसकेको छैन,” प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले भने।
घाइतेहरूलाई उपचारका लागि राडीस्थित स्वास्थ्य संस्थामा पठाइएको बताइएको छ। घाइते भएकाहरूको पहिचान खुलिसकेको छैन। उद्धार कार्य सकिएको र अब टोली बनाएर घटनाको अनुसन्धान गर्ने तयारी भइरहेको उनले बताए।
प्रहरी नायब उपरीक्षक रोकाका अनुसार जाजरकोटको नलगाड नगरपालिका–१२ र रूकुम पश्चिमको आठबिसकोट-८ जोड्न गरी बेलिब्रिज निर्माण हुँदै थियो। बेलिब्रिज ३/४ महिनादेखि निर्माणाधीन थियो।
घटनास्थल जिल्ला सदरमुकामबाट साढे दुई घण्टाको दूरीमा रहेको छ। काम चलिरहेकै बेला ब्रिज भाँचिएको बताइएको छ। सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरूमा बेलिब्रिज नघुरे खोलाको तिरमा छोएको देखिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
