बेटिसका कप्तान सान्चेजले सिजनको अन्त्यमा संन्यास लिने

रियल बेटिसका कप्तान जोआकिन सान्चेज रोड्रिग्वेजले सिजनको अन्त्यमा संन्यास लिने घोषणा गरेका छन्।

काठमाडौँ– रियल बेटिसका कप्तान जोआकिन सान्चेज रोड्रिग्वेजले सिजनको अन्त्यमा संन्यास लिने घोषणा गरेका छन्। ४१ वर्षीय मिडफिल्डर सान्चेजले सामाजिक सञ्जालमार्फत उक्त घोषणा गरेका हुन्।

“अन्ततः जुत्ता झुण्डाउने समय आएको छ। जोआकिन २३औँ सिजनपछि रिटायर हुनेछन्,” उनले भनेका छन्। उनले इटालीको मलागा, भ्यालेन्सिया र फियोरेन्टिनाबाट पनि खेलेका थिए।

उनले गत सिजन नै संन्यास लिने सोच बनाएका थिए। तर, पेनाल्टी सुटआउटमा बेटिसले भ्यालेन्सियालाई पराजित गर्दै कोपा डेल रे जितेपछि उनी क्लबमा फर्किए।

उनले बेटिसलाई सन् २००५ मा पनि कोपा उपाधि जिताउन मद्दत गरेका थिए। उपाधिका लागि भएको भिड्न्तमा बेटिसले ओसासुनालाई २-१ गोलअन्तरले पराजित गरेको थियो।

सन् २००८ मा कोपा डेल रे जित्दा भने उनी भ्यालेन्सियामा थिए। उक्त खेलमा भ्यालेन्सियाले गेटाफेलाई ३-१ गोलअन्तरले पराजित गर्दै छैटौँ पटक कोपा डेल रेको उपाधि जितेको थियो।

उनले सन् २००० मा बेटिसको सिनियर टोलीमा डेब्यु गरेका थिए। त्यतिखेर बेटिस दोस्रो डिभिजनमा थियो। सान्चेजले स्पेनको राष्ट्रिय टोलीबाट ५० भन्दा बढी खेल खेलेका छन्। उक्त खेलमा कुल चार गोल गरेका छन्।

तर, सन् २००७ यता पनि टोलीमा पर्न सकेनन्। सन् २०१८ मा उनले स्पेनका तत्कालीन मुख्य प्रशिक्षक लुइस एनरिकेलाई राष्ट्रिय टोलीमा आफूलाई किन समावेश नगरिएको भनेर एउटा भिडियो इन्स्टाग्राममा पोस्ट गरेका थिए।