अर्थमन्त्री प्रकाशशरण महतले डा. विश्वनाथ पौडेल, डा. पोषराज पाण्डे र डा. गुणाकर भट्टलाई विज्ञका रूपमा नियुक्त गरेका छन्।
काठमाडौँ– अर्थमन्त्री डा प्रकाशरण महतले विज्ञ सल्लाहकार समूहमा तीन जना नियुक्त गरेका छन्। अर्थमन्त्री महतले डा. विश्वनाथ पौडेल, डा. पोषराज पाण्डे र डा. गुणाकर भट्टलाई विज्ञका रूपमा नियुक्त गरेका हुन्।
पौडेल योजना आयोगका पूर्व उपाध्यक्ष हुन्। गत मंसिरमा भएको निर्वाचनमा चितवन–१ बाट कांग्रेसका तर्फबाट उम्मेदवार रहेका पौडेल रास्वपाका हरि ढकालसँग पराजित भएका थिए।
राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टलाई काजमा अर्थ मन्त्रालय तानिएको हो। भट्ट अहिले राष्ट्र बैंकअन्तर्गगत बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख छन्। पाण्डे योजना आयोगका पूर्वसदस्य एवं व्यापार विज्ञ हुन्।
पौडेल र पाण्डेले सेवा सुविधा नपाउने गरी अर्थमन्त्रीको अवैतनिक सल्लाहकार नियुक्त भएका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
