सिंगापुर बहराइनसँग १३२ रनले पराजित भएको छ। बहराइनले दिएको २८७ रनको लक्ष्य पछ्याएको सिंगापुर ४३.१ ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटियो।
काठमाडौँ– सिंगापुर एसीसी प्रिमियर कपको दोस्रो खेलमा पनि पराजित भएको छ। बिहीबार सम्पन्न खेलमा सिंगापुर बहराइनसँग १३२ रनले पराजित भएको हो।
बहराइनले दिएको २८७ रनको लक्ष्य पछ्याएको सिंगापुर ४३.१ ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटियो। सिंगापुरका सुरेन्द्रन चन्द्रमोहन र विनोथ बास्करनले ५९ रनको साझेदारी गरेका थिए। तर, अन्य खेलाडी क्रिजमा टिकेर खेल्न सकेनन्।
चन्द्रमोहन ६६ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ५१ रनमा इमरान अनवारको बलमा जुनैद अजिजबाट क्याच आउट भए। विनोथ ५२ बलमा ३ चौका प्रहार गर्दै २३ रनमा पेभिलियन फर्किए।
आर्यन मोदी १७औँ ओभरको अन्तिम बलमा ५ रनमा बोल्ड हुँदा सिंगापुर ६-५० को स्थितिमा थियो। तर, सातौँ विकेटका लागि चन्द्रमोहन र विनोथले ५९ रनको साझेदारी गर्दै ७-१०९ को स्थितिमा पुर्याए। विनोथ ३३औँ ओभरको दोस्रो बलमा क्याच आउट भए।
त्यसपछि चन्द्रमोहा र थिलिपन मदुराईले सिंगापुरको इनिङ्स सम्हालेका थिए। उनीहरूबीच ३३ रनको साझेदारी भएको थियो। थिलिपन पनि २६ बलमा ३ चौका प्रहार गर्दै २० रनमा आउट भएपछि सिंगापुर जितबाट बञ्चित बन्यो।
त्यसअघि ओपनर रोहन रंगाराजन ११, कप्तान तथा ओपनर अरित्रा दूत ११, अब्दुल रहमान भडेलिया १०, मनप्रित सिंह ७, सिद्धार्थ श्रीकान्त १ र आर्यन मोदी ५ रनमा आउट भए।
अक्षय पुरी ३ रनमा अविजित रहँदा रमेश कालिमुथुले खाता खोल्न सकेनन्। बहराइनका इमरान अन्वरले सर्वाधिक ४ विकेट लिए। उनले १० ओभर बलिङ गर्दै २ मेडनसहित २३ रन खर्चिए।
रिजवन बटले ३, अब्दुल माजिदले २ र अली दाउदले १ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङमा उत्रिएको बहराइनले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८६ रन बनायो।
बहराइनका लागि फैज अहमद र ओपनर शाहबेज बदरले अर्धशतकीय इनिङ्स खेले। पहिलो विकेटका लागि शाहबेज र मोहम्मद युनिसले ३२ रनको साझेदारी गरेका थिए। युनिस २४ रनमा आउट भए।
तेस्रो नम्बरमा क्रिजमा आएका डेभिड म्याथियास गोल्डेन डकआउट हुँदा बहराइन ६.४ ओभरमा २-३२ को स्थितिमा थियो। तर, चौथो नम्बरमा आएका सुहेल अहमद र शाहबेजले १०५ रनको साझेदारी गर्दै बहराइनलाई बलियो स्थितिमा पुर्याए।
सुहेल ८० बलमा ६ चौका प्रहार गर्दै ४६ रनमा क्याच आउट भए। यता, शाहबेज पनि फैजसँग ५९ रनको साझेदारी गर्दै ४०औँ ओभरको पाँचौँ बलमा रन आउट भए।
शाहबेजले ९८ बलमा ८ चौका र १ छक्का प्रहार गरे। फैजले ५९ बलमा ९ चौका र १ छक्कासहित ७९ रन बनाए। बहराइनका कप्तान हैदर बटले २९, इमरान अन्वर ६, जुनैद अजिज ११ र रिजवन बट ४ रनमा आउट भए।
सिंगापुरका रमेश कालिमुथु, थिलिपन मदुराई र विनोथ बास्करनले २/२ विकेट लिए।
जितसँगै बहराइनले प्रतियोगितामा विजयी शुरूआत गरेको छ। यता, सिंगापुरको यो लगातार दोस्रो हार हो। सिंगापुर पहिलो खेलमा हङकङसँग ८ विकेटले पराजित भएको थियो। अब सिंगापुरले तेस्रो खेल यूएईसँग खेल्ने छ। यता, बहराइनले कुवेतसँग खेल्ने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
