बुधबार वृद्धि बिहीबार कायम हुन नसक्दा कारोबार रकममा पनि कुनै वृद्धि भएन। कूल ३२ लाख नौ हजार २१४ कित्ता सेयर ९८ करोड ३३ लाख ६७ हजार ३११ मूल्यमा खरिद बिक्री भएका छन्।
काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार पनि दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५.७३ अंकले ओरालो लागेर १९०४.४० मा सीमित भएको छ।
ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७९ अंकले ओरालो लागेर ३६३.१२ मा सीमित भएको छ। कारोबार भएका कूल १३ उपसमूह सेयर मूल्यमा गिरावट आएको छ।
बुधबार वृद्धि बिहीबार कायम हुन नसक्दा कारोबार रकममा पनि कुनै वृद्धि भएन। कूल ३२ लाख नौ हजार २१४ कित्ता सेयर ९८ करोड ३३ लाख ६७ हजार ३११ मूल्यमा खरिद बिक्री भएका छन्।
नेप्सेका अनुसार कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ। सो बैंकको पाँच करोड ७५ लाख ४३ हजार ४२५ बराबरको कारोबार भएको छ। कुमारी बैंकको संस्थापक सेयर तीन करोड ५३ लाख ८६ हजार चार सय ८०, एशियन लाइफ इन्स्योरेन्स तीन करोड ३३ लाख ७७ हजार ५१५, सट्यार्न्ड चार्टर्ड बैंक तीन करोड ३३ लाख ३८ हजार ८२५ र एभरेस्ट बैंकको दुई करोड ९१ लाख ७६ हजार १९८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार, कालिञ्चोक दर्शनको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। मोलुङ हाइड्रोपावर ९.९६, सनराइज ब्ल्यूचिप फन्ड ७.०६, सनराइज फस्ट म्युचुअल फन्ड ३.९२ र एभरेष्ट बैंकको सेयर मूल्य तीन दशमलव ६० प्रतिशतले बढेको छ।
यस्तै, आर्दश लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड दोस्रोको पनि नकारात्मक सर्किट लागेको छ। सिटिजन म्युचुअल फन्ड दोस्रो ९.०३, समालिङ पावर कम्पनी ८.२७ र निर्धन उत्थान लघुवित्तको सेयर मूल्य ४.१० प्रतिशतले घटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
