थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई १-० गोलअन्तरले पराजित गरेको छ। जितसँगै थ्रीस्टार दोस्रो स्थानमा उक्लिएको छ। उसको १० खेलबाट १८ अंक पुगेको छ।
काठमाडौँ– थ्रीस्टार क्लब शहीद स्मारक 'ए' डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ।
सातदोबाटस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न दिनको पहिलो खेलमा थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई १-० गोलअन्तरले पराजित गरेको हो।
थ्रीस्टारले जित निकाल्न आत्मघाती गोलको साहयता लिन पर्यो। खेलको १३औँ मिनेटमा शेर्पाका सन्जित राइले आफ्नै पोस्टमा गोल गर्न पुगे। थ्रीस्टारका आदित्य शाक्यको क्रसमा लाकेन लिम्बूले गरेको प्रहार सञ्जीतलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो।
४८औँ मिनेटमा शेर्पा बराबरी गर्नबाट चुक्यो। पेनाल्टी बक्समा एबायोमी फकुन्लेलाई पिटर सेगुनले फउल गरेपछि रेफ्रीले शेर्पालाई पेनाल्टी दिएका थिए। तर, शेर्पाका कप्तान विश्वास श्रेष्ठले प्रहार गरेको बल आकासियो।
जितसँगै थ्रीस्टार दोस्रो स्थानमा उक्लिएको छ। उसको १० खेलबाट १८ अंक पुगेको छ। एक खेल कम खेलेको सातदोबाटोको १७ अंक छ। पराजित शेर्पा १० खेलबाट ९ अंक जोडेर १३औँ स्थानमा छ। सातदोबाटोले बिहीबार नै छैटौँ स्थानमा रहेको चर्च व्बाइजसँग खेलिरहेको छ। यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
