ठूलीभेरी नदीमाथि निर्माणाधीन बेलिब्रिज भाँचिएर ज्यान गुमाएका दुवै कामदारको पहिचान खुलेको छ। गम्भीर अवस्थामा रहेका तीन जना घाइतेलाई थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगन्ज लगिएको छ।
काठमाडौँ– भेरी करिडोरअन्तर्गत ठूलीभेरी नदीमाथि निर्माणाधीन बेलिब्रिज भाँचिँदा ज्यान गुमाएका दुवै कामदारको सनाखत भएको छ। बिहीबार दिउँसो निर्माणाधीन बेलिब्रिज भाँचिँदा दुई जनाको मृत्यु भएको हो भने सात जना घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार मृत्यु हुनेमा भारतको बहराइचका ४० वर्षीय प्रशान्त राजकुमार र सोही स्थानका ३० वर्षीय धर्मेन्द्र हरिजन चमार रहेका छन्।
घटनामा क्रेन चालक नवलपरासीका २६ वर्षीय नीरजकुमार चौधरी घाइते छन्। त्यस्तै, भारतको बहराइचका ५० वर्षीय मैकु गौतम, सोही ठाउँका ३० वर्षीय गोरख नाथ, २५ वर्षीय सञ्जय गौतम, १९ वर्षीय सोनु चमार, ४९ वर्षीय गोपाल चमार र ६० वर्षीय राजकुमार हरिजन चमार घाइते रहेका छन्।
तीमध्ये गम्भीर अवस्थामा रहेका तीन जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत बाँकेको नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ।
अन्य चार घाइतेको जाजरकोटको नलगाड नगरपालिका–७ दल्लीस्थित अस्पतालमा उपचार भइरहेको छ। मृतक र घाइते सबै पुल निर्माण संलग्न कामदार हुन्।
जाजरकोटको नलगाड नगरपालिका–१२ र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–४ जोड्ने ठूलीभेरी नदीमाथि बनिरहेको बेलिब्रिज बिहीबार भाँचिएको हो। काम चलिरहेकै बेला ब्रिज भाँचिएको बताइएको छ। बेलिब्रिज ३/४ महिनादेखि निर्माणाधीन थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
