यस अवधिमा कुनै पनि उम्मेदवारको पक्ष विपक्षमा सामाजिक सञ्जाल वा कुनै पनि माध्यमबाट मत माग्न, वक्तव्य दिन, प्रेसविज्ञप्ति निकाल्न र हारजितको पूर्वानुमान गरी सञ्चार माध्यममा राख्नसमेत निषेध गरिएको छ।
काठमाडौँ– चितवन, तनहुँ र बारामा आइतबार हुने उपनिर्वाचनका लागि मौन अवधि शुरू भएको छ।
गएरातिबाट शुरू भएको मौन अवधि वैशाख १० गते मतदान नसकिएसम्म लागू हुनेछ। मौन अवधिमा राजनीतिक दल र उम्मेदवारले मत माग्ने र मतदाता प्रभावित पार्ने कुनै गतिविधि गर्न पाउने छैनन्।
निर्वाचन आचारसंहिता, २०७९ मा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने व्यवस्था छ।
यस अवधिमा कुनै पनि चुनावीसभा, आमसभा, गोष्ठी, अन्तरक्रिया गर्न निषेध गरिएको छ। त्यसै गरी कुनै पनि उम्मेदवारको पक्ष विपक्षमा सामाजिक सञ्जाल वा कुनै पनि माध्यमबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेसविज्ञप्ति निकाल्न र जित हारको पूर्वानुमान गरी त्यस्ता सामग्री सञ्चार माध्यममा राख्नसमेत निषेध गरिएको छ।
यस्तै एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्नसमेत निषेध गरिएको आयोगले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
