सुडानको सेना र अर्धसैनिक बलबीच सात दिनयता जारी भिडन्तमा ३५० जनाको मृत्यु भएको छ।
सुडानको अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ)ले ७२ घण्टाका लागि युद्धविरामको घोषणा गरेको छ। राजधानी खार्तुममा सेना र आरएसएफबीच भिडन्त चर्किएका बेला युद्धविरामको घोषणा गरिएको हो।
शुक्रबार मुस्लिम समुदायको चाड इद–अल–फितर रहेकाले यस अवधिमा आक्रमण रोक्न विश्वका नेताहरूले युद्धरत पक्षलाई आग्रह गरेका थिए। आरएसएफले विज्ञप्ति जारी गर्दै शुक्रबारदेखि ७२ घण्टासम्म युद्धविराम गर्ने घोषणा गरेको हो।
विज्ञप्तिमा लेखिएको छ, “ईद अल फितरका अवसरमा युद्धविराम गरेका छौँ। मानवीय सहायता र नागरिकहरूको उद्धारको ढोका खोल्दै उनीहरूलाई आफ्ना परिवार र आफन्तजनसँग भेट्ने अवसर दिन चाहन्छौँ।”
सेनाले भने युद्धविरामबारे प्रतिक्रिया दिएको छैन। दुई दिनअघि दुवै पक्षले घोषणा गरेको २४ घण्टे युद्धविरामको उल्लंघन गर्दै युद्ध जारी भएको थियो। अहिले पनि सेनाले युद्धविराम गर्ने नगर्ने बताएको छैन। दुई पक्षबीच सात दिनयता जारी भिडन्तमा हालसम्म ३५० जनाको मृत्यु भएको अल जजिराले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
