सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकालाई तीन दिनभित्र सिंहदरबारसहितका स्थानको फोहोर उठाउन आदेश दिएको छ।
काठमाडौँ– सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकालाई तीन दिनभित्र सिंहदरबारसहितका स्थानको फोहोर उठाउन आदेश दिएको छ। सर्वोच्च अदालतका प्रकाशमान सिंह राउतको एकल इजलासले काठमाडौँ महानगरपालिकाका नाममा उत्पेषणयुक्त परमादेश जारी गरेको हो।
अधिवक्ता पदमबहादुर श्रेष्ठले काठमाडौँ महानगरपालिकालाई विपक्षी बनाइ सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन) शाहले चैत २४ गते सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री निवास परिसरको फोहोर नउठाउने वक्तव्य दिएका थिए। त्यसयता ती क्षेत्रको फोहोर नउठ्दा प्रदूषण बढ्दै गएको छ।
मेयर शाहले सामाजिक सञ्जालमार्फत फोहोर संकलन नगर्ने भन्दै १४ बुँदे स्पष्टीकरण दिएका थिए। त्यसपछि अधिवक्ता श्रेष्ठले फोहोर संकलन र विसर्जन गर्ने तत्काल गर्न/गराउन परमादेशको आदेशलगायत विपक्षीहरूका नाममा अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश राउतको इजलासले फोहोर संकलनको जिम्मेवारी स्थानीय तहको रहेको ठहर गर्दै तत्काल फोहोर संकलन गर्न आदेश दिएको हो।
“रिट निवेदकले उल्लेख गरेको स्थानको फोहोरहरू यो आदेश प्राप्त भएको मितिले तीन दिनभित्र संकलन गरी उठाइ विसर्जनसमेत अविलम्ब गर्नु/गराउनु भनी काठमाडौँ महानगरपालिकाको नाउँमा सर्वोच्चको नियमावली, २०७४ को नियम ४९ (२) (क) बमोजिम अन्तरिम आदेश जारी गरिएको छ,” आदेशमा भनिएको छ।
साथै, काठमाडौँको फोहोरमैला विसर्जन गरिने स्थान वा ल्यान्डफिल साइट अरू स्थानीय तहअन्तर्गतका स्थानमा पर्न जाँदा त्यहाँको बासिन्दा, स्थानीय तह, सरोकारवाला र काठमाडौँ महानगरपालिकासँग समेत आवश्यक समन्वय, उचित सहकार्य र सार्थक सहयोग पुर्याउन स्वच्छ वातावरण कायम गर्नुपर्नेतर्फ सरकार, प्रधानमन्त्री कार्यालयसमेतको सर्वोच्चले ध्यानाकर्षण गराएको छ।



Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
