ताइवान मामिलासम्बन्धी चीनको राज्यपरिषद्ले ती दुई संगठनले लोकतन्त्र, शैक्षिक आदानप्रदान, कार्यशाला तथा सहयोगको बहानामा गैरकानूनी काम गरेकाले कारबाही गरिएको जनाएको छ।
ताइवान स्वतन्त्रताको वकालत गर्ने संठनविरुद्ध चीनले कारबाही थालेको छ।
ताइवानी संगठन प्रस्पेक्ट फाउन्डेशन र एशियन लिबरल एन्ड डेमोक्र्याटिक काउन्सिलविरुद्ध बेइजिङले कारबाहीको घोषणा गरेको हो।
दुवै संगठनलाई अरू संगठन वा व्यक्तिसँग सहकार्यमा प्रतिबन्ध लगाइएको छ। अब ती संगठनले हङकङ र मकाउ विशेष प्रशासनिक क्षेत्रमा पनि प्रवेश पाउने छैनन्।
मुख्यभूमिका संघसंस्थालाई पनि प्रस्पेक्ट फाउन्डेशन र एशियन लिबरल एन्ड डेमोक्रेटिक काउन्सिलसँग सहकार्य नगर्न आदेश दिइएको छ।
ताइवान मामिलासम्बन्धी चीनको राज्यपरिषद् कार्यालयले ती दुई संगठनले लोकतन्त्र, शैक्षिक आदानप्रदान, कार्यशाला तथा सहयोगको बहानामा गैरकानूनी काम गरेको जनाएको छ।
उक्त कार्यालयका प्रवक्ता झु फेङलियानले ती संस्था चीन विरोधी शक्तिसँग मिलेर संगठन विस्तार तथा एक चीन सिद्धान्तलाई उल्लंघन गरेकाले कारबाही गरिएको बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
