अर्थमन्त्री महतले आर्थिक प्रभावकारिता बढाउन सरकारको विकास खर्च गर्न सक्ने क्षमता बढाउने काम गर्न लागिएको बताए।
काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले ४ प्रतिशतको आर्थिक वृद्धिले आर्थिक विकास र रोजगारी सिर्जना गरी समृद्ध मुलुक बनाउने लक्ष्य पूरा नहुने बताएका छन्।
शनिबार राजधानीमा आयोजित आर्थिक परिसंवाद कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले भने, “मुलुकको ४ प्रतिशतको आर्थिक वृद्धिले आर्थिक विकास र रोजगारी सिर्जना गरी समृद्ध मुलुक बनाउने लक्ष्य पूरा हुँदैन। सरकारको आर्थिक मौद्रिक नीतिको लक्ष्य समान रूपमा आर्थिक वृद्धि बढाउने हो। हामीले माग आए जति योजना राख्ने, क्षमता नहेरी प्रतिबद्धता जनाउने र योजना अलपत्र पार्ने अवस्था अन्त्य गर्नु अनिवार्य भएको छ।”
उनले ५० करोड आवश्यक पर्ने आयोजनामा पाँच लाख रुपैयाँ राखेर स्रोतको सुनिश्चितता भयो भनेर ठेक्का लगाएको अवस्था रहेको भन्दै अब सरकारले आगामी बजेटमा स्रोत सुनिश्चितता नभएका आयोजना नसमेट्ने बताए।
अर्थमन्त्री महतले करिब ४ खर्ब रुपैयाँ बराबर स्रोत सुनिश्चित नभएका भनिएका आयोजनाहरू ठेक्का लागे पनि आयोजना बनाउने अहिलेसम्म स्रोत नभएको बताए। उनले साना आयोजनामा समेत केन्द्र सरकारले हात हालेको भन्दै अब साना आयोजनाको काम स्थानीय सरकारलाई दिइने धारणा राखे। आगामी बजेटमा स्रोत सुनिश्चित भएका आयोजनाहरूलाई पहिलो प्राथमिकता हुने उनको भनाइ छ।
अर्थमन्त्री महतले बैंकको उच्च ब्याजदर कम गर्ने विषयमा अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच निरन्तर छलफल भइरहेको उल्लेख गरे। उनले बैंकको ब्याजदर कम गर्ने विषयमा सरकार र राष्ट्र बैंक सकारात्मक रहेको भनाइ राखे।
मौद्रिक नीति र नीतिगत कार्यक्रममार्फत अर्थतन्त्रलाई चलायमान बनाउने उनले बताए। निजी क्षेत्रको आत्मविश्वास फर्काउन पनि आफूले काम गर्ने उनले प्रतिबद्धता जनाए।
अर्थमन्त्री महतले आर्थिक प्रभावकारिता बढाउन सरकारको विकास खर्च गर्न सक्ने क्षमता बढाउने काम गर्न लागिएको बताए। सरकाले प्रभावकारिता मूल्यांकन गरेर खर्च गर्नुको विकल्प नभएको उनको भनाइ छ। उनले अर्थतन्त्र चलायमान बनाउनका लागि नीतिगत हस्तक्षेपको योजना बनाएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
