'ए' डिभिजन लिगमा मछिन्द्रले फ्रेन्ड्स क्लबमाथि २–१ को रोमाञ्चक जित निकाल्दा अर्को खेलमा खुमलटार युथ क्लबले मनाङ मर्स्याङ्दी फुटबल क्लबलाई पनि २–१ गोल अन्तरले पराजित गरेको छ।
काठमाडौँ– भुटानी खेलाडी चेन्चो ग्याल्सेनले गोल गरेसँगै शनिबार साबिक विजेता मछिन्द्र फुटबल क्लबले फ्रेन्ड्स क्लबमाथि २–१ को रोमाञ्चक जित निकाल्दा शहीद स्मारक 'ए' डिभिजन लिगकै अर्को खेलमा खुमलटार युथ क्लबले मनाङ मर्स्याङ्दी फुटबल क्लबलाई पनि समान २–१ गोल अन्तरले पराजित गरेको छ।
११औँ चरणको खेलअन्तर्गत च्यासल मैदानमा शनिबार सम्पन्न खेलमा मछिन्द्रलाई जित दिलाउन चेन्चो ग्याल्सेन र देवेन्द्र तामाङले समान एक गोल गरे। फ्रेन्ड्सका लागि रफिक अमिनुले १ गोल फर्काए। निकै अपेक्षा गरिएर मछिन्द्रमा अनुबन्ध गरिएका चेन्चोले आफ्नौ छैठौँ खेलमा गोल गर्न सफल भएका हुन्। चेन्चोले ४५औँ मिनेटमा मच्छिन्द्रका लागि अग्रता दिलाएका थिए।
दोस्रो हाफमा पनि मछिन्द्रले फ्रेन्ड्सलाई दबाबमा राखेर खेल्यो। ६३औँ मिनेटमा देवेन्द्रले टोलीको अग्रता दोब्बर बनाएका थिए। देवेन्द्रले चेन्चोको प्रहारमा फेन्ड्सका खेलाडीलाई लाग्दै आएको रिबाउन्ड बललाई जारी चुमाउन सफल भएका थिए। २–० गोल अन्तरले पछि परेपछि खेलमा फर्किन निकै प्रयास गरेको फ्रेन्ड्सका लागि ७६औँ मिनेटमा अमिनुले गोल गर्दै अन्तर घटाए। बाँकी समयमा थप प्रयास गरे पनि फ्रेन्ड्स सफल हुन सकेन र अंक सुम्पियो।
जितसँगै मछिन्द्रले जारी लिगमा चौथो जित निकालेको छ। मछिन्द्रले ११ खेलमा १६ अंक जोड्दा छैटौँ स्थानमा रहेको छ। फ्रेन्ड्सले ११ खेलमा ११ अंक जोडेको छ। फ्रेन्ड्स १२औँ स्थानमा रहेको छ।
लिगअन्तर्गत दशरथ रंगशालामा भएको खेलमा मुख्य प्रशिक्षकबिना खेलेको खुमलटारले सर्वाधिक ८ पटकको लिग च्याम्पियन मनाङमाथि २–१ को रोमाञ्चक जित निकाल्यो। यससँगै मनाङले लगातार चार खेलमा नतिजा सुम्पिएको छ। खुमलटारलाई जित दिलाउन दुवै गोल मेसोके ओलुमोउले पहिलो हाफमा र दोस्रो गोल दोस्रो हाफको इन्जुरी समयमा गरेका थिए।
यसअघि मनाङका कोफी टिमोथी कुडोले पेनाल्टीबाट एक गोल फर्काउँदै खेल बराबरीको अवस्थामा ल्याएको थियो। प्रतिस्पर्धात्मक बनेको खेलको १३औँ मिनेटमा मेसुके ओलुमोउले गोल गर्दै खुमलटारलाई शुरूआती अग्रता दिलाएका थिए। पेनाल्टी बक्सभित्र एकल प्रयासमा मनाङका दुई रक्षकलाई बिट गर्दै टोलीको खाता खोलेका थिए।
५३औं मिनेटमा खुमलटारका विशाल बस्नेतले पेनाल्टी बक्सभित्र सुमित श्रेष्ठलाई फाउल गरेपछि मनाङले पेनाल्टीको अवसर पाएको थियो। ६१औँ मिनेटमा कुडो पेनाल्टी अवसरलाई खेर फाले। खुमलटारका अविशेक वर्माले रन्दीप पौडेललाई पेनाल्टी बक्सभित्र फाउल गरेपछि मनाङले पेनाल्टीको अवसर पाएको थियो। खेलको अन्तिमतिर काउन्टरको प्रयास गरेको खुमलटारका लागि इन्जुरी समयमा मेसोकेले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारको तिज निश्चित गरे।
जितसँगै खुमलटारले ११ खेलमा ४ जित, १ बराबरी र ६ हारको नतिजासहित १३ अंक जोडेको छ। पराजय बेहोरेको मनाङको समान खेलबाट ४ जित, ३ बराबरी र ४ हारको नतिजासहित १५ अंक छ। लिगमा आइतबार दुई खेल हुनेछन्। दिनको पहिलो खेल हिमालयन शेर्पा र सातदोबाटो युथ क्लबबीच च्यासल मैदानमा खेल हुनेछ भने दोस्रो दशरथ रंगशालामा संकटा र थ्री स्टारबीच प्रतिस्पर्धा हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
