पन्जाबले दिएको २१५ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०१ रन मात्रै बनाउन सक्यो।
काठमाडौँ– ईन्डियन प्रिमियर लिग (आईपीएल)मा पन्जाब किंग्सले मुम्बई ईन्डियन्सलाई १३ रनले पराजित गरेको छ।
शनिबार राति मुम्बईस्थित वांगखडे क्रिकेट स्टेडियममा भएको खेलमा घरेलु टोलीले तेस्रो हार बेहोरेको हो। पन्जाबले दिएको २१५ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०१ रन मात्रै बनाउन सक्यो।
मुम्बईका क्यामरुन ग्रीनले ६७ रनको अर्धशतकीय ईनिङ्स खेले। उनले ४३ बलमा ६ चौका र ३ छक्का प्रहार गरे।
सूर्यकुमार यादवले २६ बलमा ७ चौका र ३ छक्काको सहयोगमा ५७ रन बनाए। कप्तान रोहित शर्माले २७ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४४ रन बनाए।
पन्जाबका अर्शदिप सिंहले ४ तथा लियम लिविंस्टोन र नाथन एलिसले १/१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २१४ रनको योगफल तयार पारेको थियो।
पन्जाबका कप्तान साम करनले ५५ रनको अर्धशतकीय ईनिङ्स खेले। उनले २९ बलमा ५ चौका र ४ छक्का प्रहार गरे।
हरप्रित सिंहले २८ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४१ रन बनाए।
मुम्बईका पीयूष चावला र क्यामरुन ग्रीनले २/२ विकेट लिए। जेसन बेहरानड्राफ्ट,जोफ्रा आर्चर र अर्जुन तेन्दुल्करका नाममा १र१ विकेट रह्यो।
यस जितसँगै पन्जाब अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ। मुम्बई सातौँ स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
