पाँचथरमा ट्याक्सी दुर्घटना : १ जनाको मृत्यु, ५ गम्भीर

फालेलुङ गाउँपालिका–८ देखि फिदिम बजारतर्फ गइरहेको गाडी चम्पेटारमा दुर्घटना भएको हो।

काठमाडौँ– पाँचथरको फिदिममा ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चालकसहित पाँच जना घाइते भएका छन्।

फालेलुङ गाउँपालिका–८ देखि फिदिम बजारतर्फ गइरहेको गाडी चम्पेटारमा दुर्घटना भएको हो। दुर्घटनामा फालेलुङ–८ लुवाफुका २८ वर्षीय साजन केरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

गाडीमा सवार ५ जना गम्भीर घाइते भएका छन्। घाइतेलाई उपचारका लागि पाँचथर अस्पताल लगिएको छ।