सरकारी गाडी लिएर मतदानस्थल पुगेपछि मधेशका मुख्यमन्त्री यादवसँग आयोगले माग्यो स्पष्टीकरण

मुख्यमन्त्री यादवले निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी आचारसंहिता विपरीत हुने कार्य गरेपछि स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ। 

काठमाडौँ– सरकारी गाडी लिएर मतदानस्थलमा गएपछि निर्वाचन आयोगले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ।

बारा–२ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन भइरहेको अवस्थामा मुख्यमन्त्री यादव सरकारी गाडी र सुरक्षाकर्मीसहित पचरौता नगरपालिकाका विभिन्न मतदानस्थल पुगेका थिए।

निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी आचारसंहिता विपरीत हुने कार्य गरेकाले २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न आयोगले मुख्यमन्त्री यादवलाई निर्देशन दिएको छ।