एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री दाहालले 'समाजवादी मोर्चाको काम छिटो गरौँ' भनेर बारम्बार ताकेता गरिरहेको बताएका छन्।
काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विचार मिल्ने कम्युनिस्ट पार्टीबीच छिटै समाजवादी मोर्चा बनाएर अघि बढ्ने बताएका छन्।
अध्यक्ष नेपालले विचार मिल्ने कम्युनिस्ट पार्टीबीच समाजवादी मोर्चा बनाएर अघि बढ्ने दिशामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि पहल गरिरहेको उल्लेख गर्दै त्यसलाई छिट्टै घोषणा गरेर अघि बढने बताएका हुन्।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर आइतबार काठमाडौँ आयोजित ‘नेपाली कम्युनिस्ट आन्दोलनः उपलब्धि, चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा बोल्दै उनले प्रधानमन्त्री दाहालले 'समाजवादी मोर्चाको काम छिटो गरौँ' भनेर बारम्बार ताकेता गरिरहेको बताए।
“र, छिट्टै हामी समाजवादी मोर्चा बनाएर, जनताका सामू घोषणा गरेर हामी प्रस्तुत हुन गइरहेका छौँ। त्यसका निम्ति हामी अरू समूहहरूसँग पनि कुरा गर्दैगर्दै जानेछौँ। सहभागी हुन चाहनेहरूलाई समाजवादी मोर्चामा आवद्ध गरिनेछ,” उनले भने।
अध्यक्ष नेपालले विचार, नीति, सिद्धान्त, राजनीतिक कार्यदिशा, संगठनात्मक सोच, कार्यशैली र मन मिल्ने पार्टीबीच एउटै पार्टी हुने पनि बताए।
उनले मुलुकमा विद्यमान समस्यालाई समाधान गर्नका लागि कम्युनिस्ट शक्तिको विकल्प नभएको उल्लेख गर्दै सबै कम्युनिस्ट पार्टीलाई एकताआद्ध हुन पनि आग्रह गरे। सो अवसरमा उनले नेकपा मसाल, नेकपा संयुक्त लगायतका साना वाम राजनीतिक शक्तिलाई समाजवादी मोर्चामा सहभागी भएर अघि बढ्न पनि आह्वान गरे।
अध्यक्ष नेपालले जनतालाई आशा दिने शक्ति नेपालमा कम्युनिस्ट शक्ति मात्रै भएकाले उनीहरूबीच एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको पनि बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
