धितोपत्र बजार सञ्चालन गर्न इच्छुक कम्पनीका लागि बोर्डले १० दिनको समयसीमा दिएर चैत ३० गते आवेदन मागेको थियो। बोर्डले दिएको समयसीमा आइतबार सकिँदै छ।
काठमाडौँ– नयाँ स्टक एक्सचेन्जका लागि आइतबार दिउँसोसम्म धितोपत्र बोर्डमा दुई कम्पनीको आवेदन परेको छ। स्टक सञ्चालनका लाइसेन्स माग गर्दै गत शुक्रबार हिमालयन स्टक एक्सचेन्ज र आइतबार नेसनल स्टक एक्सचेन्जले धितापत्र बोर्डमा आवेदन दिएको हो।
नेसनलमा गैरआवासीय नेपाली, सिद्धार्थ ग्रुप, अग्नि ग्रुप, लगायतको लगानी रहेको छ। बोर्ड स्रोतका अनुसार नेसनलमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, सिद्धार्थ बैंकका अध्यक्ष मनोज केडिया लगायतको लगानी रहेको छ।
गत शुक्रबार व्यावसायिक घराना शंकर समूहको अगुवाइमा हिमालयन स्टक एक्सचेन्जले आवेदन दिएको थियो। हिमालयन स्टक एक्सचेन्जको अध्यक्षमा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक प्रकाश अर्याल छन्।
यस्तै, शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल र व्यवसायी दीपक भट्ट हिमालयनको प्रमुख शेयरधनीका रूपमा छन्। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षहरु शेखर गोल्छा, पशुपति मुरारका र भवानी राणा, परिसंघका पूर्वअध्यक्ष तथा लक्की ग्रुपका प्रमुख शतिस मोर, ज्योति समूहका सौरभ ज्योति, दुगड ग्रुपका विवेक दुगड, खेतान समूहका राजेन्द्र खेतानको लगानी रहेको छ।
बोर्डले गत असोज २ गते धितोपत्र बजार सञ्चालन गर्न इच्छुक कम्पनीहरूका लागि ४५ दिनको समय दिएर आवेदन खुलाएको थियो। उक्त निर्णय बदरको माग गर्दै अधिवक्ता दीपकविक्रम मिश्रले असोज ३१ गते सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि कात्तिक ४ मा न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै प्रक्रिया यथास्थितिमा राख्न निर्देशन दिएको थियो।
चैत २६ गते अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलासले पूर्ण सुनुवाइ गर्दै रिट निवेदन खारेज हुने फैसला गरेपछि बोर्डले नयाँ स्टकको प्रक्रिया अघि बढाएको हो। धितोपत्र बजार सञ्चालन गर्न इच्छुक कम्पनीका लागि बोर्डले १० दिनको समयसीमा दिएर चैत ३० गते आवेदन मागेको थियो। बोर्डले दिएको समयसीमा आइतबार सकिँदै छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
