यस वर्ष जलविद्युत् आयोजनाहरूको जडित क्षमता बढे तापनि पानी/हिउँ नपर्दा देशभित्रको विद्युत् उत्पादनमा करिब ३० प्रतिशत गिरावट आएको प्राधिकरणले जनाएको छ।
काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले कोशी प्रदेशका सुनसरी मोरङ औद्योगिक करिडोर लगायतका क्षेत्रमा देखिएको विद्युत् आपूर्तिको समस्या अल्पकालीन भएको दाबी गरेको छ।
विनाजानकारी उद्योगको विद्युत् आपूर्ति कटौती गरिएको भन्ने उद्योगीबाट गुनासो आएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार ऊर्जा क्षेत्रका पत्रकारसँगको भेटमा त्यस क्षेत्रमा देखिएको समस्या १०/१५ दिनमा समाधान हुने बताएका छन्।
यस वर्ष हिउँ/पानी नपरेर शुख्खायाम लम्बिँदा नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाको विद्युत् उत्पादनमा करिब ३० प्रतिशत गिरावट आएको, धनुषाको ढक्केबर सबस्टेसनबाट थप विद्युत् पूर्वतर्फ पठाउन प्रसारण लाइनको क्षमताले नधानेको, सप्तरीको रुपनी सबस्टेसनको ब्रेकर चुँडिएको र कटैया–कुशहवा १३२ केभी प्रसारण लाइनमार्फत भारतको बिहारबाट आयात भइरहेको विद्युत् उताबाट कटौती हुँदा मागअनुसार आपूर्ति गर्न समस्या भएको उनले उल्लेख गरे।
कार्यकारी निर्देशक घिसिङका अनुसार ताप्लेजुङ, पाँचथर र इलाममा निर्माण भएका जलविद्युत् आयोजनाको जडित क्षमता करिब २०० मेगावाट भए तापनि हिउँ/पानी नपर्दा अहिले करिब ३० मेगावाट मात्र विद्युत् उत्पादन भई काबेली करिडोर प्रसारण लाइनमार्फत प्रवाह भइरहेको छ। तर, एक/दुई दिनदेखि ती आयोजनाहरूबाट विद्युत् उत्पादन बढ्दै गएकोले उद्योगहरूलाई अहिले नियमित विद्युत् आपूर्ति भइरहेको कार्यकारी निर्देशक घिसिङले बताए।
“अहिले देखिएको अल्पकालीन समस्या हो, ठूलो समस्या हैन,” उनले भने, “अब १०/१५ दिनमा पूर्व मनसुन शुरू हुने अनुमान गरिएको, त्यसपछि भएसँगै खोलानालामा पानीको बहाव बढेसँगै विद्युत् उत्पादन वृद्धि हुन्छ, त्यसपछि आन्तरिक रूपमा खपत गरी अतिरिक्त भएको विद्युत् जेठको पहिलो हप्ताबाट भारतर्फ निर्यात शुरू गर्छौं, यस वर्ष करिब १ हजार २ सय मेगावाट विद्युत् निर्यात हुने अनुमान गरेका छौँ, निर्यात अनुमतिको स्वीकृतिका लागि भारतीय निकायहरूमा आयोजनाहरूको सूची पठाइसकेका छौँ।’
प्राधिकरणका अनुसार हाल प्रणालीमा विद्युत्को उच्चतम माग १ हजार ७५० मेगावाट पुगेको छ। औसत माग १ हजार ३०० मेगावाट र आधार माग १ हजार २७५ मेगावाट रहेको छ। तराईमा गर्मी बढ्दा खेतमा सिँचाइ गर्न सिंचाइको लोड अत्याधिक बढेको छ। झापाको दमकदेखि अनारमनी क्षेत्रको मात्र विद्युत् माग ८० मेगावाट पुगेको छ।
प्राधिकरणले कुलेखानी जलाशयलाई २४सैँ घण्टा पूर्ण क्षमतामा चलाएको छ। आन्तरिक उत्पादनले विद्युत् माग धान्न नसकेपछि दैनिक रूपमा औसतमा ५ सय मेगावाट आयात गरिएको छ।
गत वर्षभन्दा यस वर्ष जलविद्युत् आयोजनाहरूको जडित क्षमता बढे तापनि पानी/हिउँ नपर्दा देशभित्रको विद्युत् उत्पादनमा करिब ३० प्रतिशत गिरावट आएको छ। प्राधिकरणका विद्युत् गृहबाहेक निजी क्षेत्रका जलविद्युत् गृहको विद्युत् उत्पादन जडित क्षमताको करिब १४ प्रतिशत मात्र रहेको प्राधिकरणको अनुमान छ।
कार्यकारी निर्देशक घिसिङले अगामी वर्षको गर्मी मौसममा अहिलेको जस्तो समस्या आउन नदिन अहिले ढल्केबर– इनरुवा ४०० केभी प्रसारण लाइन र हेटौँडा–भरतपुर–बर्दघाट–नयाँ बुटवल २२० केभी प्रसारण लाइन निर्माण जतिसक्दो छिट्टै सम्पन्न गर्ने गरी काम भइरहेको बताए। “यी लाइन बनेपछि ढल्केबरबाट पूर्व र पश्चिम विद्युत् प्रवाहका लागि प्रसारण लाइनको समस्या हट्न छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
