युक्रेनमा रुसी आक्रमण तीव्र, विद्युत् आपूर्ति र खानेपानी संकट

रुसले युक्रेनमा ऊर्जा र जलक्षेत्र लक्षित आक्रमण तीव्र पारेको छ। आक्रमणसँगै युक्रेनको राजधानीका ८० प्रतिशत बस्तीमा खानेपानी तथा विद्युत आपूर्ति बन्द भएको छ।

रुसले युक्रेनमा ऊर्जा र जलक्षेत्र लक्षित आक्रमण तीव्र पारेको छ। आक्रमणसँगै युक्रेनको राजधानीका ८० प्रतिशत बस्तीमा खानेपानी तथा विद्युत आपूर्ति बन्द भएको छ।

रुसले युक्रेनका ऊर्जा र जलक्षेत्र लक्षित आक्रमणलाई तीव्र पारेको छ। युक्रेनका संवेदनशील क्षेत्र लक्षित ५० भन्दा बढी आक्रमण भएको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ।

रुसी आक्रमणका कारण युक्रेनको राजधानी किभका ८० प्रतिशत बस्तीमा खानेपानीको अभाव र साढे ३ लाख घरमा विद्युत् आपूर्ति ठप्प भएको किभका मेयर भिटाली क्लिच्कोले बताएका छन्। उत्तरपूर्वी खार्किभ शहरमा पनि ऊर्जा संकट र आक्रमणबाट १३ जना घाइते भएको बताए।

रुसको रोस्तोभ क्षेत्र र क्यास्पियन समुद्रबाट भएका युक्रेनलक्षित आक्रमणमध्ये ४४ वटा क्रुज क्षेप्यास्त्र खसालेको युक्रेनी सेनाको दाबी छ। रुसले अतिक्रमण गरी आफ्नो भूमिका गाभेको युक्रेनी क्षेत्र क्रिमिया तटीय क्षेत्रमा युक्रेनले शनिबार ड्रोन आक्रमण गराएको रुसको आरोप छ।

आक्रमणको बदलामा युक्रेनमा आक्रमण तीव्र पारेको रुसको भनाइ छ। युक्रेनले भने सो आक्रमण नगराएको दाबी गरेको छ।

सोमबार बिहानसमेत भिन्यत्सिया, निप्रोपेत्रोभ्स्क र जापोरिजिया, लिभसहित विभिन्न क्षेत्रमा निरन्तर आक्रमण भएको बीबीसीले उल्लेख गरेको छ।

रुसले युक्रेनको सैन्य कमान्ड र ऊर्जा क्षेत्रलक्षित आक्रमण गर्ने यसअघि नै भनिसकेको छ। रुसी रक्षा मन्त्रालयले लामो दूरीका हतियारको प्रयोग गर्दै युक्रेनका लक्षित स्थानमा आक्रमण गरिएको भनेको छ। 

रुसी आक्रमणका कारण किभमा खानेपानी अभाव भएको मेयर क्लिच्कोले बताए। खानेपानी अभावपछि धेरै क्षेत्रमा मानिसहरू पानीका लागि लामो लाइन बसिरहेको बीबीसीले उल्लेख गरेको छ।