रास्वपाका उम्मेदवार रवि लामिछानेविरुद्ध आचारसंहिता उल्लंघनको घटना छानबिन भएपछि मात्रै मतगणना हुनुपर्ने एमाले र कांग्रेस उम्मेदवारको अडानका कारण चितवनमा मतगणना शुरू भएको छैन।
काठमाडौँ– आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना शुरू गर्न चितवन–२ र बारा–२ मा सर्वदलीय बैठक बस्दै छ।
सोमबार बिहान बैठक बसेर मतगणनाबारे निर्णय गर्ने त्यहाँस्थित निर्वाचन कार्यालयले जनाएका छन्। चितवनमा बिहान ८ बजे सर्वदलीय बैठक बोलाइएको छ।
रास्वपाका उम्मेदवार रवि लामिछानेविरुद्ध आचारसंहिता उल्लंघनको घटना छानबिन नभई मतगणना शुरू गर्न नदिने एमाले र कांग्रेस उम्मेदवारको अडानका कारण आइतबार मतगणना शुरू हुन सकेको थिएन।
उता बारा–२ मा केहीबेरमा सर्वदलीय बैठक बस्दै छ। निर्वाचन अधिकृत सरोजकुमार चौधरीका अनुसार यहाँ हावाहुरीका कारण मतगणना गर्ने अवस्था नहुँदा बिहानदेखी मात्रै मतगणना थाल्ने सहमति भएको थियो।
तनहुँ–१ मा भने मतगणना जारी छ। त्यहाँ रास्वपाका स्वर्णिम वाग्लेले अग्रता लिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
