जारी सिजनमा चेन्नईको यो पाँचौँ जित हो भने कोलकत्ताको पाँचौँ हार हो।
काठमाडौँ– चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्षस्थानमा उक्लिएको छ।
घरेलु टोली कोलकत्ता नाइट राइडर्सलाई ४९ रनले हराउँदै शीर्षस्थान कायम गरेको हो। जारी सिजनमा चेन्नईको यो पाँचौ जित हो भने कोलकत्ताको पाँचौं हार हो।
गएराति इडेन गार्डेनमा २३६ रनको विजयी लक्ष्य पछ्याएको कोलकत्ताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८६ रन बनायो।
कोलकत्ताका जेसन रोयले सर्वाधिक ६१ रनको योगदान दिए। उनले २६ बलमा ५ चौका र ५ छक्का प्रहार गरे। रिंकु सिंह ३३ बलमा ३ चौका र ४ छक्कासहित ५३ रनमा अविजित रहे।
चेन्नईका महेश थिक्सेना र तुषार देशपान्डेले २/२ विकेट लिए। आकाश सिंह, मोईन अली, रविन्द्र जडेजा र मथिशा पाथिरानाका नममा १/१ विकेट रह्यो।
त्यसअघि चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २३५ रन बनाएको थियो। चेन्नईका अजिंक्या रहाणेले ७१ रनको अर्धशतकीय इनिङ्स खेले। उनले २९ बलमा ६ चौका र ५ छक्का प्रहार गरे।
त्यस्तै शिवम दुबेले २१ बलमा २ चौका र ५ छक्कासहित ५० रन बताए। कोलकाताका कुलवान्त केजरोलियाले तथा वरुण चक्रवर्ती र सुयस शर्माले समान १/१ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
