तनहुँमा रास्वपाका स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायमै

रास्वपाका वाग्लेले सात हजार २९३ मत प्राप्त गरेका छन्। नेपाली कांग्रसका भट्टराईले तीन हजार २३४ मत ल्याएर फ‍छ्याइरहेका छन्।

काठमाडौँ– प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा भएको मतगणना जारी छ।

पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले दोब्बरभन्दा बढी मतले अग्रता लिएका छन्।

१३ हजार ६५ मत गणना हुँदा वाग्लेले सात हजार २९३ मत प्राप्त गरेका छन्। नेपाली कांग्रसका गोविन्द भट्टराईले तीन हजार २३४ मत ल्याएर फ‍छ्याइरहेका छन्।

नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन्। उनले दुई हजार १३४ मत पाएका छन्। तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको थियो।

हालसम्म ८ वडाको मतगणना सकिएको छ। आँबुखैरेनीका १, २ र ३ तथा भानुका १०, ८, ३, ७ र ४ नं वडाको मतगणना सकिएको हो।