सेना र अर्धसैनिकबीचको शक्तिसंघर्ष हिंसात्मक बन्दा खार्तुममा आक्रमण र विस्फोटका घटना बढेका छन्। २० हजारभन्दा बढी महिला तथा बालबालिका देश छाडेर भागेको बताइएको छ।
सुडानमा सेना र अर्धसैनिक बलबीचको शक्तिसंघर्षका कारण चर्किएको हिंसामा मृत्यु हुनेको संख्या ४०० नाघेको छ। १० दिनयता जारी भिडन्तमा हजारौँ मानिस घाइते भएको बीबीसीले जनाएको छ।
युद्ध चर्किएपछि विभिन्न देशका कूटनीतिज्ञ र नागरिकलाई उद्धार गरिएको छ। अमेरिका, क्यानडा, बेलायत इटली, फ्रान्स र स्पेनलगायत देशले आफ्ना कूटनीतिज्ञको उद्धार गरेको बताएका छन्।
इटली र स्पेनको उद्धार टोलीले अर्जेन्टिना, कोलम्बिया, आयरल्यान्ड, पोर्चुगल, पोल्यान्ड, मेक्सिको, भेनेजुएला, सुडान लगायत देशका नागरिकको उद्धार गरेको बीबीसीले जनाएको छ। १०० जना अमेरिकी नागरिकलाई आइतबार बिहान एयरलिफ्ट गरिएको थियो। योसँगै खार्तुमस्थित अमेरिकी दूतावास खाली भएको छ।
यद्यपि, सुडानमा रहेका हरेक अमेरिकी नागरिकको उद्धार गर्न असुरक्षित हुने अमेरिकी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। यस्तै, बेलायतले पनि आफ्ना कूटनीतिज्ञ र उनीहरूको परिवारको उद्धार गरेको छ।
सुडानमा रहेका आफ्ना सबै नागरिकको उद्धारको विकल्प ज्यादै कम रहेको बेलायती विदेशमन्त्री जेम्स क्लिभर्लीले बताएका छन्। अधिकांश अरब देशसहित इजिप्ट, पाकिस्तान र क्यानडाका गरी १५० भन्दा बढी नागरिकलाई साउदी अरबको जेद्दाहमा उद्धार गरिएको बताइएको छ।
यता, खार्तुममा फसिरहेका विभिन्न एशियाली, अफ्रिकी र मध्यपूर्वी मुलुकका विद्यार्थीले उद्धारका लागि पहल गरिरहेका छन्। सुडानमा इन्टरनेट अवरुद्ध हुँदा खार्तुमसहित विभिन्न शहरका अधिकांश मानिससँग सम्पर्क टुटेको र समन्वयमा कठिनाइ भइरहेको बीबीसीले उल्लेख गरेको छ।
सुडानमा सेना र अर्धसैनिकबीचको शक्तिसंघर्ष हिंसात्मक बन्दा खार्तुममा आक्रमण र विस्फोटका घटना बढेका छन्। हिंसाका कारण २० हजारभन्दा बढी महिला तथा बालबालिका छिमेकी मुलुक चाडतर्फ भागेको राष्ट्रसंघले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
