बारा–२ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ६२८ मतसहित अग्रता लिएका छन्। उनलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले यादवले ५७१ मतसहित पछ्याइरहेका छन्।
काठमाडौँ– उपनिर्वाचनअन्तर्गत बारा–२ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले अग्रता लिएका छन्। सोमबार साढे ३ बजेसम्मको मत परिणामअनुसार कुशवाहाले ६२८ मत ल्याउँदै अग्रता लिएका हुन्। उनलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले पछ्याइरहेका छन्। यादवले ५७१ मत प्राप्त गरेका छन्।
यस्तै एमालेका पुरुषोत्तम पौडेल ५१० मतसहित तेस्रो स्थानमा छन्। रास्वपाका रमेश खरेलले २३६ मत पाएका छन्। आइतबार भएको उपनिर्वाचनमा यहाँ ६८ हजार ८८७ मत खसेको थियो।
जसपाबाट निर्वाचित भएका रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि बारा–२ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन भएको हो। आइतबार बारा–२ सहित चितवन–२ र तनहुँ–१ मा मतदान भएको थियो। तीनै क्षेत्रको मतगणना जारी रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
