चितवन–२ मा १ हजार १५५ मतसहित अग्रता लिएका रवि लामिछानेलाई एमालेका रामप्रसाद न्यौपानेले पछ्याइरहेका छन्।
काठमाडौँ– उपनिर्वाचनअन्तर्गत चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अग्रता लिएका छन्। जारी मतगणनाको पछिल्लो परिणामअनुसार लामिछानेले १ हजार १५५ मतसहित अग्रता लिएका हुन्।
उनलाई नेकपा एमालेका रामप्रसाद न्यौपानेले पछ्याइरहेका छन्। उनले ६६५ मत पाएका छन्। नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ ६४० मतसहित तेस्रो स्थानमा छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले इच्छाकामना गाउँपालिका वडा नम्बर १ र ३ को गणना भइरहेको छ। आइतबार भएको मतदानमा ७८ हजार २७७ मत खसेको थियो।
रास्वपा सभापति लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलापछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
